रहस्यमा अफगान विमान दुर्घटना, एयरलाइनकै नाम पत्ता लागेन

अफगानिस्तानमा दुर्घटनाग्रस्त भनिएको विमान रहस्यको पर्दामा छोपिएको छ।

स्थानीय अधिकारीहरुले एरियाना एयरको विमान दुर्घटना भएको दाबी गरेपनि सो एयरलाइनले अस्वीकार गरेको छ।

सोमबार पूर्वी अफगानिस्तानको गजनी प्रान्तस्थित दे याक जिल्लामा सो विमान दुर्घटना भएको बताइएको छ।

‘हाल दुर्घटनामा भएको क्षति र एयरलाइनको नामबारे कुनै जानकारी छैन,’ गजनीका प्रान्तीय गभर्नर वहिदुल्लाह कलिमजाइले भनेका छन्।

तालिबानका प्रवक्ताले पनि आफूहरुलाई दुर्घटनाग्रस्त विमानबारे जानकारी नभएको बताएका छन्। एजेन्सी

टेड्र युनियन खारेज गरिए प्रतिरोध

Previous articleपत्रकारिता पेशामा आउनेका लागि लाइसेन्स परीक्षा अनिवार्य
Next articleसाढे दुई केजी सुनसहित ५ जना पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।