खाद्य सुरक्षामा लापरबाही गरेपछि आबुधाबी सरकारले लगायो नेपाली होटलमा ताला

खाद्य सुरक्षामा लापरबाही गरेपछि आबुधाबी सरकारले लगायो नेपाली होटलमा ताला

उज्यालो नेपाल, जुलाई १५- युएईको आबुधाबीमा रहेको अबुधाबी कृषि तथा खाद्य सुरक्षा प्राधिकरण (एडीएएफएसए) ले आबुधाबीमा संचालनमा रहेको एक नेपाली रेष्टुरेन्ट बन्द गराएको छ । जनस्वास्थ्यमा गम्भिर लापरबाही गरेको आरोप लगाउंदै उक्त रेष्टुरेन्टलाई गत मंगलबार देखि अस्थाई रुपमा बन्द गरिएको हो । एडीएएफएसए का अनुसार उक्त रेष्टुरेन्टले सार्वजनिक स्वास्थय सम्बन्धी नियम तोड्नुका साथै खाना पकाउने सम्बन्धमा हेलचेक्र्याइँ गरेको आरोप लागेको छ ।

Yash Restaurant नाम गरेको उक्त होटललाई मुख्यत: ४ ओटा आरोप लागेको छ । खाना तयार  गर्ने बेलामा लापरबाही पुर्वक खाद्ध सुरक्षाका उपायहरु लाई नअपनाईएको, खाना बनाउने बेलामा मास्क, पन्जा, अप्रोन जस्ता सुरक्षाका सामाग्री प्रयोग नगरेको र खाध्य पदार्थ फ्रिजमा राख्नेबेलामा लापरबाही गरेको आरोप लागेको छ । एडीएएफएसए को निरीक्षण रिपोर्टमा “सुविधा सामान्य र अशुद्ध वातावरणको सफाईको स्तर कम” रेकर्ड गरिएको छ।

गल्फ न्युजमा प्रकाशित समाचार अनुसार  उक्त रेष्टुरेन्टले आफ्ना कमजोरीहरु सुधार गरे पछि पुन: रेष्टुरेन्ट संचालनको अनुमती दिईने अबुधाबी कृषि तथा खाद्य सुरक्षा प्राधिकरणले जनाएको छ । त्यस्तै प्राधिकरणले आफ्नो टोल फ्री नम्बर 800 555 मा सम्पर्क गरेर आबुधाबीमा भईरहेको खाध सुरक्षाका लापरबाहीको घटना बारे जानकारी दिन समेत सर्वसाधारण संग आग्रह गरेको छ ।

https://ujyaalonepalnews.com/archives/15087

Previous articleसाउदीको ताबुक क्षेत्रमा राहदानी नबिकरण गर्न अनलाईन फारम भर्ने बारे दुताबासको सुचना
Next articleखाडी मुलुकमा लामो पर्व बिदा सुरु हुँदै, मर्यादामा बस्न कामदारहरुलाई दूतावासको आग्रह
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।