पर्सा चोकमा ट्यांकरले हान्दा २३ वर्षिया सिर्जनाको गयो ज्यान

पर्सा चोकमा ट्यांकरले हान्दा २३ वर्षिया सिर्जनाको गयो ज्यान

चितवन – चितवनको खैरहनिमा ट्याङ्करको ठक्करबाट एक जनाको मृ’त्यु भएको छ । आज ५ : ५५ बजेको समयमा खैरहनि नगरपालिका वडा नम्बर ८ पर्सा चोकमा ट्याङ्करले मोटरसाईकललाई ठ’क्कर दिँदा खैरहनी नगरपालिका १० कि २३ बर्षिय सिर्जना चौधरीको मृ’त्‍यु भएको हो । मोटरसाईकल पछाडी सवार चौधरी गम्भीर घा’ईते भई उपचारको लागि पुरानो मेडिकल कलेजमा लगिएको थियो ।

 

उनको ६ : ४५ मा मृ’त्यु भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ । पुर्वबाट पश्चिम तर्फ आउदै गरेको ना ८ ख ३०२४ को तेल ट्याङ्करले बिपरित दिशाबाट जाँदै गरेको रा ४५ प ५१२२ को मोटरसाईकललाई ठ’क्कर दिँदा मोटरसाईकल चालक रत्ननगर ३ का सुबास चौधरी सामान्य घा’ईते भएका छन् । उनको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ । ठ’क्कर दिने सवारी साधन र चालक नियन्त्रणमा लिएको प्रहरिले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/15097

Previous articleखाडी मुलुकमा लामो पर्व बिदा सुरु हुँदै, मर्यादामा बस्न कामदारहरुलाई दूतावासको आग्रह
Next articleसातकन्या खानेपानीको साधारणसभा; पिठुवा खानेपानी संग मर्जको प्रस्तावले विवाद
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।