१९ जुलाईको सूचना: कतारमा पासपोर्ट बनाउन दिनुभएको छ? तपाईको पासपोर्ट आयो कि ??
उज्यालो नेपाल, साउन ४ चितवन- नेपालीहरुको प्रमुख श्रम गन्तव्य मध्ये एक हो कतार! कतारमा करिब तिन लाख पचास हजार नेपाली वै;ध र अवै;ध रुपमा बसेर काम गर्छन! कतारमा कति नेपालीले काम गर्छन त्यसको तथ्यांक भने कसै संग छैन! रोजगारी कै क्रममा लामो समय कतार बसेका नेपालीहरुको राहदानीको म्याद उतै सकिने गरेको छ! सरकारले नेपाली राजदुतावासमा गएर राहदानी नविकरण गर्ने सुबिधा दिएको छ! कतारमा पासपोर्टको म्याद सकिदै छ? नयाँ पासपोर्ट लिन के के गर्नुपर्ला? कति पैसा लाग्ला?
यो पढ्नुहोस: कतारमा पासपोर्टको म्याद सकिदै छ? नयाँ पासपोर्ट लिन के के गर्नुपर्ला? कति पैसा लाग्ला?
११ जुलाई २०२१ सम्म आवेदन दिनुहुने आवेदकहरु(सूचीमा नाम भएका) को राहदानी वितरणको लागि तयार भएको सम्बन्धित सबैमा जानकारी गराईन्छ । राहदानी लिनका लागि राजश्व तिरेको रसिद र हाल साथमा रहेको राहदानी लिएर बिहान १० बजेदेखि अपरान्ह २ बजेसम्म दूतावास आउनुपर्ने व्यहोरा समेत अनुरोध गरिन्छ ।
साथै, ईद-उल-अदाको अवसरमा भोलिबाट शुरु हुने बिदाको अवधिमा पनि राहदानी प्राप्त गर्न सहज होस भन्ने उदेश्यले २०७८ साल श्रावण ७ गते (तदनुसार २२ जुलाई २०२१) बिहिबार विहान ९ बजे देखि दिउँसो १२ बजेसम्म राहदानी वितरण गरिने व्यवस्था मिलाईएको छ।
नामलिस्ट हेर्न यहाँ क्लिक गर्नुहोला



