देवघाटमा यसरी अस्ताईन् सुजिता: केहि दिनमै सत्यतथ्य आउने परिवारको आसा (भिडियो)

चितवन — जंगलमा मृ’त भेटिएकी सुजिता भण्डारीको शव बुझेर सोमबार परिवारले देवघाटमा दाहसंस्कार गरेका छन् । सुजिता असार ११ गते बिहानै घरबाट हरा’एकी थिइन् । अपह’रणमा परेको भन्ने परिवारले दिएको सूचनाका आधारमा प्रहरीले सुजिताको खोजतलास गरिरहेको थियो । तर घरबाट निस्केको ९ दिनपछि असार २० गते आइतबार साँझ सुजिताको शव जंगलमा भेटिएको थियो ।  पूर्वी चितवन राप्ती नगरपालिका–३ प्रगति टोलकी २३ वर्षीया सुजिताको प्रहरीले तदारुकताका साथ खोजतलास नगर्दा ह’त्या भएको भन्दै दोषी गि’रफ्तार नहुँदासम्म शव नबुझ्ने परिवार र स्थानीयले अडान लिएका थिए ।

‘शनिबार मात्रै प्रशासन र परिवारका सदस्यबीच यो विषयमा छलफल भएको थियो । प्रशासनबाट आश्वस्त भएर नै होला उहाँहरुले शव बुझेर सदगद पनि गर्नुभयो,’ राप्ती–३ का वडाध्यक्ष राजकुमार उप्रेतीले भने । सुजिताको असार २२ गते काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम भएको थियो । शरीरमा ज्यानै जाने घा’उ चो’टहरु नदेखिएपछि चिकित्सकले भिसेरा परीक्षणका लागि नमुना पठाएका छन् । प्रहरी त्यही भिसेराको रिपोर्टको प्रतिक्षामा छ । अनुसन्धानको नतिजा र भिसेरा परीक्षण प्रतिवेदनलाई आधार मानेर घ’टनाको विवरण सार्वजनिक गर्ने योजनामा रहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सूर्य थापाले बताए ।

सुजिता असार ११ गते बिहानै घरबाट निस्केकी थिइन् । मध्याह्न उनको दिदी कवितासँग फोन सम्पर्क भएको थियो । फोनमा बहिनीले आफू अपहरणमा परेको जानकारी दिएको दिदी कविताले बताउँदै आएकी छन् । मोबाइल फोन लोकेसनमा घरदेखि दक्षिण लागेको देखिने सुजिताको शव घरदेखि उत्तरको जंगलमा भेटिएको थियो । शव नजिकै हरियो सानो बोतलमा सेतो झोल भेटिएको थियो ।

त्यो झोल धानमा लाग्ने पतेरोको वि’षादी भएको घटनास्थलमा रहेका मृतकका बुबाले नै बताएको चितवनका प्रहरी प्रमुख एसपी ओम अधिकारीको भनाइ छ । स्थानीयले घटनाको यथार्थ विवरण चाँडै सार्वजनिक गर्न र दोषी पत्ता लगाएर कारबाही गर्न माग गर्दै आएका छन् । शनिबार प्रशासनमा भएको छलफल सुन्दा यही हप्ताभित्रै केही नयाँ कुरा सार्वजनिक हुने सम्भावना देखिएको राप्ती–३ का वडाध्यक्ष राजकुमार उप्रेतीले बताए । रमेश कुमार पौडेल/ कान्तिपुर

भिडियो हेर्नुहोस् 

गुल्मीमा ६२ वर्षका वृद्ध नातिसँगै एसईईमा सहभागी

Previous article१९ जुलाईको सूचना: कतारमा पासपोर्ट बनाउन दिनुभएको छ? तपाईको पासपोर्ट आयो कि ??
Next articleकोभिड पछि सवैभन्दा धेरै नेपाली युएईबाट फर्किए, दोश्रोमा कतारबाट फर्किनेहरु धेरै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।