Home Uncategorized सभामुख सापकोटाद्वारा पद तथा गोपनियताको सपथ

सभामुख सापकोटाद्वारा पद तथा गोपनियताको सपथ

काठमाडौं, १३ माघ । प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित अग्निप्रसाद सापकोटाले पद तथा गोपनियताको सपथ लिएका छन् ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा सभामुख सापकोटाले नेपालको संविधानबमोजिम राष्ट्रपतिबाट शपथ लिए ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी थिए ।

त्यस्तै उपप्रधानमन्त्री ईश्वर पोखरेल, पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, मन्त्रिगण, सांसद, संवैधानिक अङ्गका पदाधिकारी, सुरक्षा निकायका प्रमुख, उच्च सरकारी अधिकारीलगायतको सहभागिता रहेको थियो ।

आइतबार बसेको बैठकले सापकोटालाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।

रिक्त रहको सभामुख पदमा उनको मात्र उम्मेदवारी परेपछि सापकोटा निर्विरोध भएका हुन् ।

बैठकमा ज्येष्ठ सदस्यको हैसियतमा बैठक सञ्चालन गरेका महन्थ ठाकुरले सापकोटा निर्विरोध सभामुखमा निर्वा्चित भएको घोषणा गरे ।

तत्कालीन सभामुख कृष्णबहादुर महरा महिलामाथिको यौन दुर्व्यवहारको विवादमा परेर सो पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो ।

महराले १५ असोजमा राजीनामा दिएका थिए । हाल उनी पुर्पक्षका लागि थुनामा छन् ।

The post सभामुख सापकोटाद्वारा पद तथा गोपनियताको सपथ appeared first on Koshi Online.

विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइँदै

Previous articleकोरोना भाइरस प्रभावित मुलुकबाट आउने जहाजलाई अलग्गै ‘पार्किङ’
Next articleकीर्ते कागजात प्रयोग गर्ने प्रदेश सांसद खातुनको पद गुम्ने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।