भोली देखि युएई खुल्दै, को को जान पाउँछन् ? के के छ मापदण्ड ? सम्पूर्ण जानकारी

भोली देखि युएई खुल्दै, को को जान पाउँछन् ? के के छ मापदण्ड ? सम्पूर्ण जानकारी

काठमाण्डौ – यूएईको आवासीय भिसा भएकाहरूको लागि यूएई सरकारले अगस्ट ५ देखि प्रवेश खुला गरेको छ । विभिन्न मापदण्ड र वर्ग छुट्टाएर यूएईले अगस्ट ५ देखि प्रवेश अनुमति दिने निर्णय गरेको हो । खोप लगाएका भ्यालिड रेसिडेन्सी भिसा भएका नेपाली नागरिकसहित ६ देशका नागरिकलाई प्रवेश अनुमति दिने निर्णय गरेको गल्फ न्युजले खबर लेखेको छ । यूएईको ‘जनरल सिभिल एभियसन अथोरिटी र नेशनल इमर्जेन्सी क्राइसीस् एण्ड डिसास्टर म्यानेजमेन्ट अथुरिटीले मंगलबार यस्तो निर्णय गरेको खबरमा उल्लेख छ ।

कस्ता व्यक्ति यूएई जान पाउछन् ?

यूएई प्रवेश गर्नका लागि यूएईको आवासीय भिसा भएका र यूएईमा कोरोना विरुद्धको दुवै मात्रा खोप लगाई त्यसको प्रमाणपत्र लिएको हुनुपर्छ । आवासीय भिसा भएका तर खोप नलगाएका विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्तिहरूलाई पनि यूएईले प्रवेश अनुमति दिने भएको छ ।

यूएईको आवासीय भिसा भएका तर खोप नलगाएका यूएईको सरकारी निकायमा कार्यरत व्यक्तिहरू, यूएईमा कार्यरत स्वास्थ्यकर्मी, यूएईका विद्यालय तथा विश्वविद्यालयका शिक्षकहरू, यूएईमा उपचार चलिरहेका व्यक्ति र विशेष मानवीय परिस्थिति भएका व्यक्तिहरूलाई प्रवेश अनुमति दिनेछ ।

यूएई प्रवेशका लागि गर्नुपर्ने प्रक्रिया

सबैभन्दा पहिला त यूएईको सम्बन्धित निकायमा अनलाइनबाटै यूएई प्रवेशका लागि अनुमति लिनुपर्छ । यसको लागी नेपाल आउँदा भरेको सिसिएमसी फारम जस्तै अनलाईन फारम भर्नु पर्छ। फारम भर्न यहाँ क्लिक गर्नुहोस् ! ४८ घण्टा भित्रको पीसीआर नेगेटिभ रिपोर्ट हुनुपर्नेछ । नेपालको विमानस्थलमा र्‍यापीड टेस्ट हुनेछ भने यूएईको विमानस्थलमा अवतरण भए पछि पनि पीसीआर परीक्षण हुनेछ । क्वरेण्टीन लगायतका यूएई सरकारले तोकेको अन्य स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्नेछ ।

युएईमा मान्यता प्राप्त खोपहरु

  • Gamaleya (Sputnik V)
  • Janssen (Johnson & Johnson)
  • Moderna
  • Novavax
  • Oxford Uni?AstraZeneca
  • Pfizer?BioNTech
  • Sinopharm

 

https://ujyaalonepalnews.com/archives/15314

Previous articleराष्ट्रिय भूतपूर्व सैनिक संगठन पिठुवाको साधारणसभा तथा अधिवेसन सम्पन्न
Next articleयुएई फर्कन अनलाईन फारम भर्नु पर्ने, फारम भर्न के के कागजात चाहिन्छ? कसरी भर्ने ?
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।