साउदी: ०७ अगस्टको सुचना, नयाँ पासपोर्ट बनेर आईपुग्यो, तपाईको पनि आयो कि?
उज्यालो नेपाल, ०७ अगस्ट – रोजगारीको लागी विदेश गएका धेरै नेपालीको राहदानीको म्याद विदेशमै सकिने गरेको छ! अध्ययन, रोजगारी वा व्यापार-व्यवसाय गर्न विदेश गएका नेपालीलाई राहदानीको म्याद सक्किएको खण्डमा विदेशमा नै रहेको नेपाली दुताबास वा नियोगहरु बाट राहदानी नविकरण गर्ने सबिधा छ! साउदीको रियादमा रहेको नेपाली दुताबास र जेद्दामा रहेको महावाणिज्य दुताबासले साउदीमा रहेका नेपालीको राहदानी नविकरणको काम गर्दै आएका छन्!
नेपाली नागरिकको सुबिधाको लागी कोरोना महा’मारीको अवस्थामा पनि दुवै दुताबासले साउदीका विभिन्न ठाउँमा घुम्ती शिविर संचालन गरि राहादानी नविकरणको लागी आवेदन संकलन गरेको थियो ! अहिले पनि त्यस्ता शिविरहरु संचालन भैरहेका छन् ! त्यस्तै राहदानीको म्याद सकिनेहरुले दुताबासमै पुगेर आवेदन दिन सक्नेछन ! त्यसै अनुरुप मिति १४ जुलाई २०२१ सम्म आवेदन दिएका व्यक्तिहरुको राहदानी बनेर आईपुगेको दुताबासले जनाएको छ ! तपाई साउदीमा हुनुहुन्छ र यो सुचना हेर्दै हुनुहुन्छ भने सबैको जानकारीको लागी यो समाचार शे’यर गरिदिनुहोला ! तपाईको पासपोर्ट आयो नि आएन?? तुरुन्त हेर्नुहोला! दुतावासको सुचना यस्तो छ!
नयाँ राहदानी लिन आउनेसम्बन्धी सूचना !
राहदानी नविकरणका लागि मिति १४ जुलाई २०२१ सम्म आवेदन पेस गर्नुभएका संलग्न लिष्टमा नाम भएका आवेदकहरूको राहदानी बनेर राजदूतावासमा आइसकेको हुँदा आफ्नो नयाँ राहदानी बुझिलिन पुरानो राहदानी र राजश्व बुझाएको सक्कल रसिद सहित दूतावासमा यथाशीघ्र सम्पर्क गर्नहुन अनुरोध गरिन्छ । साथै, पूर्वी क्षेत्र (दमाम, जुबेल र खोबर) मा रहनुहुनेहरूको नयाँ राहदानी आगामी १३ अगष्ट २०२१ मा देहायको समय र स्थानबाट वितरण गरिने छ ।
- स्थानः- Al Asemah Rest-house for Festivals, Al Faisaliah, Dammam
- लोकेशन हेर्न यँहा क्लिक गर्नुहोला
- समयः बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म
अब उप्रान्त, अर्को व्यवस्था नहुँदासम्म अल असेम रेष्टहाउस फर फेस्टिभवल, अल फैसलिया, दमाममा प्रत्येक महिना राहदानी आवेदन संकलन शिविर सञ्चालन गरिने छ । पूर्वी क्षेत्रमा यो भन्दा बाहेक अन्य स्थानमा राहदानी शिविर नराखिने हुँदा त्यस क्षेत्रमा बसोबास गर्नुहुनेहरूले राहदानी नविकरणको लागि माथि तोकिएको स्थानमा उपस्थित हुनुपर्ने छ । साथै, राहदानी आवेदन संकलन शिविर सञ्चालन गर्ने दिन नै नयाँ राहदानी पनि वितरण गरिने व्यवस्था मिलाइएको हुंदा पूर्वी क्षेत्रमा बसोबास गर्नुहुनेहरू आफ्नो नयाँ राहदानी बुझिलिनको लागि तोकिएको मितिमा माथि दिएकै स्थानमा उपस्थित हुनुहुन समेत अनुरोध छ । नेपाली राजदूतावास, रियाद । २३ साउन २०७८

https://ujyaalonepalnews.com/archives/15360


