जनजागृती मा.वि को पूर्वाधार विकासमा पुर्व विद्धार्थीको आर्थिक सहयोग
निराजन घिमिरे, साउन २६, चितवन- जनजागृती माध्यमिक विद्यालय रत्ननगर-१४ चितवनका पूर्व विद्यार्थीहरुले विधालयमा सहयोग उपलब्ध गराएका छन् । विद्धालयमा बन्दै गरेको सभाहलको लागी आवश्यक सामाग्रीहरु उपलब्ध गराएर उनीहरुले विधालयमा सहयोग गरेका हुन् ।
चितवन रत्ननगर १५ ( साबिक पिठुवा-९ ) स्थाई घर भई हाल अमेरिकाको क्यालिफोर्निया बस्दै आएका केदार कुँवरले विद्धालयलाई ६०० अमेरिकी डलर बराबरको सहयोग गरेका हुन् । उनले पठाएको सहयोग रकम विद्धालयमा बन्दै गरेको सभाहलमा पंखा जडान लगायत कार्यमा खर्च गरिने विद्धालयका अंग्रेजी शिक्षक एवम् विषय बिभागका प्रमुख रोहिणी न्यौपानेले बताउनुभयो ।

त्यस्तै, विद्यालयका पूर्व विद्यार्थी (एसएलसी ब्याच २०४१ ) रत्ननगर नगरपालिका वडा नं १४ निवासी, समाजसेवी श्री बलराम खनालबाट सभाहल कै लागी १०० थान कुर्सी प्राप्त भएको शिक्षक न्यौपानेले बताउनु भयो । आफूले अध्ययन गरेको विद्यालयमा आधुनिक सुविधाहरू उपलब्ध भौतिक पूर्वाधारहरु थपिंदै जानु पुर्व विद्धार्थीहरुको लागी गर्वको कुरा हुने भन्दै विभिन्न पेशा व्यवसाय गरी बसेका अन्य पुर्वविद्धार्थीहरु बाट पनि सहयोगको अपेक्षा गरिएको शिक्षक न्यौपानेको भनाई छ ।
https://ujyaalonepalnews.com/archives/15410


