कोरोनाविरुद्धको उपचारले सकारात्मक परिणाम दिइरहेको चिनियाँ राष्ट्रपतिको भनाइ

कोरोनाभाइरस ‘कोभिद–१९’ को उपचारले देखिने गरी परिणाम दिइरहेको सीले बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँगको टेलिफोन वार्तामा बताएका हुन्।

सिन्ह्वाका अनुसार मंगलबारको टेलिफोनवार्तामा सीले कोरोनाभाइरसको प्रकोपसँग झेलिरहेको आफ्नो देशले यसवर्षको आर्थिक तथा सामाजिक विकासको लक्ष्य पनि हासिल गर्ने बताएका थिए।

सो क्रममा बेलायतका प्रधानमन्त्री जोनसनले बेलायतले चीनलाई कोरोनाको प्रकोपसँग जुध्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।

सीले कोरोना नियन्त्रण गर्न आफ्नो सबै शक्ति प्रयोग गरेको र यो प्रकोप चाँडै नियन्त्रणमा आउने बाताएका थिए।

बुधबार बिहानसम्मको तथ्यांकअनुसार विश्वभर ७५ हजार १९६ कोरोनाबाट संक्रमित छन्। २ हजार १० को मृत्यु भइसक्दा १४ हजार ४५१ जना उपचारपछि स्वस्थ बनेका छन्।

चीनमा मात्र ७४ हजार १८५ जना संक्रमित छन्। त्यहाँ २ हजार ४ को मृत्यु भएको छ।

राष्ट्रियसभाका नयाँ १८ सदस्यले लिए शपथ

Previous articleचीनबाट ल्याइएका सबै नेपाली स्वस्थ
Next articleसमृद्धिको यात्रामा अवरोध गर्नेलाई परास्त गर्दै अघि बढ्छौं : प्रधानमन्त्री ओली
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।