मलेशिया मै अस्ताएकाहरुको शव आउने क्रम जारी, एकैदिन ल्याइयो ६ जना नेपालीको शव

काठमाडौं : मलेसियाबाट एकैदिन ६ शव नेपाल ल्याइएको छ। वैदेशिक रोजगारीका लागि मलेसिया पुगी विभिन्न कारण मृत्यु भएका ६ जना नेपालीको शव शनिवार नेपाल ल्याइएको हो। ६ जनाको शवसँगै १५ जनाको अस्तु पनि नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको छ। नेपाल सरकार र मलेसियामा रहेको जनउद्धार केन्द्रको पहलमा मृतकको शव नेपाल ल्याएर आफन्तलाई बुझाइएको हो।

जनउद्धार केन्द्र मलेसियाका स्वयंसेवक मुकुट रायमाझीका अनुसार २१ मृतकमध्ये एक २० वर्षअघि मलेसिया गई हालसम्म नेपाल नफर्किएकाको समेत रहेको छ। उनले परिवारका सदस्यहरुले बुबाको अनुहारै नदेखेको बताएपछि जनउद्धार केन्द्रको पहलमा शव नेपाल ल्याएको बताए। स्वयंसेवक रायमाझीले भने, ‘२००२ मा उहाँ मलेसिया जानुभएको रहेछ, त्यसपछि उहाँ नेपालमा सम्पर्कविहीन भएर बस्नुभएको रहेछ!

उहाँ त्यहाँ इलीगल्ली बस्नुभयो, लगभग १९ वर्षसम्म बस्नुभयो, पछि छोराहरुसँग यहाँ सम्पर्क भएपछि टिकट काट्ने पैसासमेत छोराले दिएर यता ल्याउने व्यवस्था गर्नुभएको रहेछ, त्यहाँबाट एयरपोर्ट आएपछि एयरपोर्टमै ढल्नुभएछ र पुलिसले काम गर्ने ठाउँमा लानु भनेपछि त्यहाँ जानुभयो, हस्पिटलमा बस्नुभयो, यो सम्पूर्ण काम मलेसियास्थित जनउद्धार केन्द्रले गर्‍यो, दुई तीन दिन हस्पिटलमा बसेपछि डेथ भयो, डेथ भइसकेपछि के गर्ने भन्ने कुरा आयो, त्यसपछि नेपालमा कान्छो छोराले मैले बुबालाई राम्रोसँग देखेको छैन, म सानै हुँदा जानुभएको ल्याइदिनु म हेर्छु भनेपछि हामीले त्यो सबै खर्च व्यहोरेर नेपाल ल्याएका हौँ।’

कानुनी र प्रक्रियागत झन्झटले गर्दा विदेशमा मुत्यु भएका व्यक्तिको शव ल्याउन अझै सहज भएको छैन। विदेशमा मृत्यु भएकाहरुको शव ल्याउनका लागि नेपाल सरकार र त्यहाँस्थित जनउद्धार समितिले पहल गर्दै आएको छ। सरकारले मृतकका आफन्तको घरसम्म शवबाहनमा शव पुर्‍याउँदै आएको छ। -न्युज एजेन्सी नेपाल

https://ujyaalonepalnews.com/archives/15857

Previous articleसंविधान दिवसको अवसरमा रत्ननगर १६ मा भोली वृहत रक्तदान कार्यक्रम हुँदै
Next articleरडले टाउकोमा हा’नेर चितवनमा एकजनाको ह’त्या: आरोपीलाई पक्रन खोज्दा प्रहरीमाथि आ’क्रमण, सात घा’इते
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।