निराजन घिमिरे, भदौ ६, चितवन- रत्ननगरमा नेपाली कांगेसको महाधिवेसन सरगर्मी ह्वात्तै बढेको छ । नेपाली कांग्रेस रत्ननगर नगर कमिटिको लागी आज अर्को प्यानलले उम्मेद्वारी घोषणा गरेको हो । हिजो मात्रै नगर सभापतिको पदको लागी १२ औं र १३ औं अधिबेशनमा विजयी भएर दुई कार्यकाल सभापति पदमा रहेर काम गरिसकेका रुपनराज घिमिरेले उम्मेद्वारी घोषणा गरेका थिए । आज बुधबार रत्ननगरमै आयोजित एक कार्यक्रममा पार्टीको १४ महाधिवेशन अन्तर्गत असोज ९ गते हुने नगर अधिबेशनमा नगर सभापतीका प्रत्यासी प्रलाद सापकोटाले उम्मेद्वारी घोषणा गरेका हुन् ।
घोषणा कार्यक्रमलाई सम्वोधन गर्दै सापकोटाले गुठ र उप-गुठका कारण थालिएको कांग्रेसलाई एकतावद्ध र एकजुट बनाउन आफूले उम्मेदवारी दिएको बताएका छन् । नगर सभापतिको पदमा आफु निर्वाचित भए अब हुने कुनै पनि स्थानीय निर्वाचनमा कुनै पनि पदको लागी आफुले उम्मेद्वारी दाबि नगर्ने र काँग्रेसले अघि सारेका उम्मेदवारहरुलाई जिताएर रत्ननगरको स्थानीय सरकारमा कांग्रेसको पकड जमाउन आफ्नो मेहनत रहने सापकोटाले जनाएका छन् ।

कांग्रेशको नेतृत्वले अहिलेको महाधिवेसनको लागी गरेको मेहनत जति स्थानीय निर्वाचनमा गरेको भए रत्ननगरमा मेयर पद मज्जाले जित्न सकिन्थ्यो भन्दै नेता सापकोटाले संस्थापन पक्षको कटाक्ष गरे। सापकोटाको प्यानलबाट उपसभापतिमा केदारमान वाइबा र शिबकान्त पौडेल,सचिवमा तीर्थराज सुवेदी र वीरेन्द्र चौधरी,सहसचिवमा अमृत मल्ल र गोविन्द भट्टराईले उम्मेदवारी घोषण गरेका छन् ।
त्यसैगरी नगर कार्यसमिति सदस्यमा सुर्य विक्रम चौधरी, जनार्दन सिंखडा, निलु खतिवडा, देवराज महतो, सत्यनारायण चौधरी, दिपु श्रेष्ठ, संजिव बस्नेत, लक्ष्मी चौधरी, निरज अधिकारी, जित बहादुर सिंतान, हरि लामिछाने, सुनिता बगाले पौडेल, रामकृष्ण पन्त, रामचन्द्र दुवाडी लगायतले पनि उम्मेदवारी घोषणा गरेका छन् । उम्मेदवार घोषण संगै सापकोटाले काँग्रेसलाई बलियो बनाउदै जनतामाझ लोकप्रिय बनाउने सहितका १४ बुँदे प्रतिबद्धता प्रस्तुत गरेका छन् ।
सापकोटाका १४ बुंदे प्रतिबद्धता
- पार्टिको निर्देशन परिपालन गर्दै नगर कार्यसमितिलाई सामुहिक निर्णयको आधारमा संचालन गर्नेछु।
- पार्टिका सम्पूर्ण साथीहरुलाई एक्यवद्धता बनाई पार्टिमा आत्मियता र हार्दिकताको वातावरण सृजना गर्नेछु ।
- आगामी आम निर्वाचनमा कुनै पनि तहमा मेरो उम्मेदवारी रहनेछैन ।
- हरेक तहको निर्वाचनमा पार्टिले तोकेको उम्मेदवारलाई बिजय बनाउन सिङ्गो पार्टि र साथीहरु परिचालित हुने वातावरण बनाउनेछु ।
- भातृसंस्था, शुभेच्छुक र सहयोगि संस्थाको संगठन बिस्तार र सुसंचालनलाई प्राथमिकता दिनेछु तथा युवाहरुलाई पार्टि प्रति आर्कषित गर्न तदअनुरुप विभिन्न कार्यक्रमहरु संचालन गर्नेछु ।
- नगर भित्र रहेका हरेक प्रकारका संघ संस्थाहरुमा रुची अनुरुप साथीहरुलाई स्थापित गरि हरेक क्षेत्रमा पार्टिको पकड र भुमिका बिस्तार गर्नेछु ।
- निर्वाचित जनप्रतिनिधिहरुलाई सहयोग सल्लाह र समर्थन गरि जनसमुदायमा पार्टीलाई प्रिय बनाउन सधैं प्रयत्नरत हुनेछु ।
- दुख कष्ट र अप्ठेरोमा परेका साथिहरुलाई सहयोग गर्न हरबखत तयार रहनेछु।
- पार्टिका साथिहरुलाई उद्यम र आत्मनिर्भर बनाउ आवश्यक पर्ने सुचना सहयोग र समन्वय गर्नेछु ।
- युवा पुस्तालाई पार्टि प्रति आर्कषित गर्न युवाहरुको रुचि अनुरुप विभिन्न कार्यक्रम संचालन गर्नेछु।
- नगर कार्यसमितिको कार्यालय भवन: निर्माण गर्नेछु ।
- अग्रजहरुको निर्देशन तथा साथिहरुको सुझावलाई मार्गदर्शन बनाउनेछु ।
- पार्टिका विषय बिज्चहरुको समुह बनाई समग्र नगरपालिकाको बिकासमा पार्टिको धारणा बनाई कार्यान्वयन गर्ने पहल गर्नेछु ।
- प्रत्येक वडाका क्रियाशिल साथिहरुको अभिलेख तयार गरि क्षमता अनुसारको अवसरहरु प्रदान गर्दै जानेछु ।
https://ujyaalonepalnews.com/archives/15895


