चितवनको खैरहनीमा १४ टिमको सहभागीतामा जिल्ला स्तरिय फुटबल प्रतियोगिता हुँदै

निराजन घिमिरे, असोज ६, चितवन- चितवनको खैरहनीमा जिल्ला स्तरिय स्वर्णकप फुटबल प्रतियोगिता हुने भएको छ । खैरहनीको पर्सामा रहेको युवा स्वर्ण तारा क्लबले स्थानीय समाजसेवी तथा मेडिकल व्यवसायी स्व. डिल्लिराम अधिकारीको सम्झनामा स्वर्णकप फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो । मेडिकल व्यवसाय संचालन गर्दै आएका अधिकारीको कोभिड–१९ का कारण केहि महिना पहिला निधन भएको थियो ।

क्लबले आज (बुधबार) आफ्नै नवनिर्मित सभाहलमा एक पत्रकार सम्मेलन आयोजना गरेर प्रतियोगिता बारे जानकारी दिएको हो । प्रतियोगितामा बसन्तपुर युनाईटेड क्लब माडी, हर्दि युवा समाज राप्ती-६, हनामी एभरेष्ट क्लब भरतपुर, रत्ननगर फुटबल क्लब, लामा स्पोर्ट राप्ती-८, जनपथ भरतपुर २४ ध्रुबबजार, दालभात पावर मुग्लिंग फुटबल क्लब, रडस फुटबल क्लब रामपुर, ईन्द्रकमल युवा क्लब खैरहनी-११, सेन्टर कलेज भरतपुर, गड्यौली एकेडेमी राप्ती-२, भरतपुर-९ फुटबल क्लब, सौराहा फुटबल क्लब, युवा स्वर्णतारा क्लब खैरहनी-६ गरि १४ टिमको सहभागिता रहने बताईएको छ।

yuwa swarna tara club chitwan khairahani

प्रतियोगिताको विजेताले नगद ७५ हजार र ट्रफी तथा उपविजेताले नगद ३५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ । उत्कृष्ट खेलाडीलाई नगद ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने क्लवका सचिब सागर अधिकारीले जानकारी दिए । त्यस्तै म्यान अफ दि म्याच लाई पनि नगद पुरस्कारले सम्मान गरिने अधिकारीको भनाई छ । चितवन बाट राष्ट्रिय स्तरमा खेल्ने राम्रा खेलाडी उत्पादन नभईरहेको परिप्रेक्ष्यमा प्रतियोगिता मार्फत राम्रा खेलाडी छनोट गरेर राष्ट्रिय प्रतियोगीताहरुमा चितवनको सहभागिता बढाउने फुटबलका पूर्व राष्ट्रिय खेलाडी छन्नुराम चौधरीले बताए ।

खैरहनी मा. वि को खेल मैदानमा यहि असोज ९ गते देखि सुरु हुने प्रतियोगीताको पहिलो खेलमा बसन्तपुर युनाइटेड क्लव माडी र हर्दी युवा समाज राप्ती ६ बिच प्रतिस्पर्धा हुनेछ । प्रत्यक खेलहरु हेर्नको लागी दर्शकले रु ३० को टिकट काट्नु पर्ने छ । २०४१ सालमा खेलकुद र समाजसेवाको भावना राखेर स्थापना गरिएको क्लबले खेलकुद संगै विभिन्न सामाजिक काम गर्दै आईरहेको छ ।

 

 

 

https://ujyaalonepalnews.com/archives/15905

Previous articleकांगेस महाधिवेसन: रत्ननगरमा प्रलाद सापकोटा प्यानलको उम्मेद्वारी घोषणा
Next articleमहिला हकहितको संरक्षण गर्न महिला संघ(क्रान्तिकारी)ले रत्ननगरमा बुझायो ज्ञापनपत्र
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।