पिठुवा लायन्स क्लबले भद्रकाली मा.वि मा निशुल्क दन्त शिविर गर्दै

निराजन घिमिरे, असोज ५, चितवन- चितवनको रत्ननगर पिठुवामा रहेको पिठुवा लायन्स क्लबले नि:शुल्क दन्त शिविर गर्ने भएको छ । पिठुवाकै भद्रकाली माध्यमिक विद्यालयमा यहि असोज ८ गते दन्त शिविर आयोजना गर्न लागिएको हो । लायन्स क्लब अफ पिठुवाले नियमित रुपमा गर्ने सामाजिक कार्यहरुको निरन्तरता स्वरुप निःशुल्क दन्त शिविर आयोजना गर्न लागिएको क्लबका अध्यक्ष लायन विष्णुप्रसाद अधिकारीले बताए ।

शिविर विहान १०:०० बजे बाट सुरु हुनेछ । चितवन मेडिकल कलेज शिक्षण अस्पतालको प्राविधिक सहयोग रहने उक्त कार्यक्रममा रत्ननगर र खैरहनीका गरि १५० जना भन्दा बढीले सेवा लिने अपेक्षा गरिएको छ । आफ्नै घर-आँगनमा आउन लागेको शिविरको भरपुर फाईदा उठाउन क्लबका सचिव लायन पुर्षोत्तम लामिछानेले स्थानीयलाई आग्रह गर्नुभयो ।

 

 

 

https://ujyaalonepalnews.com/archives/15889

Previous articleकांग्रेस महाधिवेसन: रत्ननगर काँग्रेस सभापतिमा रुपनराजको उम्मेदवारी घोषणा
Next articleकांगेस महाधिवेसन: रत्ननगरमा प्रलाद सापकोटा प्यानलको उम्मेद्वारी घोषणा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।