Home Uncategorized मलेशियामा विशाक्त र’क्सी सेवनका कारण एक महिनामै नेपाली सहित १५ विदेशीको मृ’त्यु

मलेशियामा विशाक्त र’क्सी सेवनका कारण एक महिनामै नेपाली सहित १५ विदेशीको मृ’त्यु

मलेसियामा गत सेप्टेम्वर महिनामा वि’शाक्त र’क्सी सेवनका कारण ३३ जनाको मृत्यु भएको छ । ज्यान गुमाउने मध्ये १५ जना विदेशी छन् । विशाक्त र’क्सी सेवन गरेर गम्भीर विरामी परेका ५५ जना मध्ये ३३ जनाको मृ’त्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उधृत गर्दै बनर्माले समाचार लेखेको छ । मलेसियाको स्वास्थ्य मन्त्रालयका महानिर्देशक डा. नुर हिसाम अव्दुल्लाहका अनुसार मृत्यु भएका मध्ये ४५ प्रतिशत विदेशी नागरिक हुन् भनें ५५ प्रतिशत मलेसियन नागरिक हुन् ।

ज्यान गुमाउने विदेशीहरु नेपाल, भारत तथा म्यानमारका रहेको समाचारमा जनाइएको छ । वि’शाक्त र’क्सी सेवनका कारण हरेक बर्षजसो मलेसियामा ठूलो संख्यामा मृ’त्यु हुने गरेको छ । नाम चलेका ब्राण्डका नाममा बजारमा उपलव्ध हुने विशा’क्त रक्सीले सन् २०१८ मा ५० भन्दा बढी विदेशी श्रमिकले ज्यान गु’माएका थिए ।

ज्यान गुमा’उने मध्ये सवैभन्दा धेरै सेलेंगारका रहेका छन् भनें त्यसपछि पेराक, पाहाङ, क्वालालम्पुरमा रहेकाहरु छन् । गम्भीर विरामी परेका मध्ये १५ जनाको हाल पनि उपचार चलिरहेको छ । स्वास्थ्य महानिर्देशक अव्दुल्लाहका अनुसार अवै’ध रुपमा बनाइएको रक्सीका कारण बर्षेनी यस्तो घटना हुने गरेको छ ।

उनले वि’शाक्त र’क्सी सेवन पश्चात पेट दुख्ने, वान्ता हुने, टाउको दुख्ने, दृष्टि धमिलो हुने र बे’होस हुने लक्षण देखिन सक्ने बताएका छन् । देशपरदेश डटकम बाट 

https://ujyaalonepalnews.com/archives/16057

Previous articleआगामी जनवरी बाट पोखरा अन्तराष्ट्रिय विमानस्थल बाट उडान सुरुहुँदै; खाडीका यी देशबाट हुनेछ सिधा उडान
Next articleकतारमा ईलिगल बस्नेहरुलाई खुशीको खबर: जरिवाना र कैद बिना नै आममाफी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।