Home Uncategorized प्रचण्ड चितवन ओर्लेकै दिन ४५ जना माओवादी नेता कार्यकर्ता एमालेमा प्रवेश

प्रचण्ड चितवन ओर्लेकै दिन ४५ जना माओवादी नेता कार्यकर्ता एमालेमा प्रवेश

प्रचण्ड चितवन ओर्लेकै दिन ४५ जना माओवादी नेता कार्यकर्ता एमालेमा प्रवेश

असोज २३ गते । चितवनमा नेकपा एमाले प्रति दिन प्रतिदिन आकर्षण वढ्ने क्रम रहेको छ । नेकपा माओवादीका जिल्ला सदस्यहरु एक पछि अर्को गर्दै एमाले प्रवेश गरिरहेका वेला शनिवार राप्ती नगरपालिकामा विभिन्न पार्टी परित्याग गरि ४५ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले पार्टी प्रवेश गर्नेहरुमा नेकपा माओवादी क्रान्तीकारी जिल्ला उपाध्यक्ष,नेकपा माओवादी केन्द्रका नेता,वाईसियल,एकिकृत समाजवादीका वडा सदस्यहरु ,नेपाली काग्रेशका कार्यकर्ता रहेका छन् ।

नेकपा एमाले राप्ती वडा नम्वर २ वडा कमिटिले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उनीहरु एमाले प्रवेश गरेका हुन् । नेकपा माओवादी क्रान्तीकारी जिल्ला उपाध्यक्ष शिवराज कडेंल,राप्ती २ वाईसियल सहइन्चार्र्ज सागर चाम्लिङ राई,एकिकृत समाजवादी वडा नम्वर २ युवा संघ अध्यक्ष यहुन्ना स्यानतान ,नेकपा माओवादी केन्द्र राप्ती २ वडा सदस्य राजन घिमिरे र सुरज विश्वकर्मा,समावादीका वडा सदस्यहरु पुकार राई,पवन राई,प्रसुन राई,काग्रेश प्रतिनिधी रमा उप्रेती वन्जरा लगायत एमाले प्रवेश गरेका हुन् ।

उनीहरुलाई नेकपा एमाले स्थायी कमिटि सदस्य एवंम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे,नेकपा एमाले बागमती प्रदेश कमिटि सदस्य एवं् पूर्व मन्त्री दावा लामाले टिका लगाएर पार्टीमा स्वागत गरे । वडा कमिटि अध्यक्ष दुर्गा वहादुर सारुको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटि सदस्यहरु इमानसिंह लामा,गोविन्द कडेंल,प्रभा बराल,श्यामलाल विश्वकर्मा, राप्ती २ वडाध्यक्ष श्यामसुन्दर उप्रेती ,युवा नेता कमल पाठक,महिला नेतृहरु पुष्पा कुँवर,दिलकुमारी थिंङ,आईतीमाया दराई,युवा नेता निर्देशन त्रिपाठी लगायतको उपस्थिती रहेको थियो ।

https://ujyaalonepalnews.com/archives/16078

Previous articleकतारमा ईलिगल बस्नेहरुलाई खुशीको खबर: जरिवाना र कैद बिना नै आममाफी
Next articleकतारको पुलिसले हतकडी लगाएर विमानस्थल लग्यो, कम्पनीले पासपोर्ट ल्याइदियो, तलब दिएन’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।