त्रिभुवन विमानस्थलकाे टर्मिनलबाट ‘गाेल्डेन गेट’ सम्म निःशुल्क बस सेवा सुरु

0
57

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल स्टेशनमा शटल बस सेवा सञ्चालनमा ल्याइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले तीन वटा माइक्रोबसलाई शटल बसका रूपमा सञ्चालनमा ल्याएको हो । आज बुधवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले शटल बसकाे उद्घाटन गर्नुभएको छ ।

त्यस अवसरमा बोल्दै मन्त्री आलेले विमानस्थल प्रहरीलाई बारम्बार निर्देशन दिएर यात्रुलाई मिटरमा मात्रै लैजाने व्यवस्था गरी ट्याक्सीको ठगी नियन्त्रण गर्न भनिएको बताउनुभयो । पटक–पटक आफैँले निर्देशन दिँदा समेत यात्रु लुट्ने क्रम जारी नै रहेपछि शटल बसको व्यवस्था गर्नुपरेकाे उहाँले भन्नुभयाे । विमानस्थलबाट ट्याक्सी चढ्न हवाई भाडाभन्दा पनि महँगो भएको भन्ने यात्रुको गुनासो आएकाले बस सञ्चालन गरिएको उहाँले बताउनुभयो । बस सेवा छोटो समयका लागि नभइ दीर्घकालीन रूपमा नै सञ्चालन गरिरहने मन्त्री आलेले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘शटल बस सञ्चालनमा ल्याइनुअघि तीन पटक भन्दा बढी विमानस्थल प्रहरीलाई ट्याक्सीबाट हुने ठगी नियन्त्रण गरी मिटरबाट मात्रै यात्रु बोक्ने व्यवस्था गर्न निर्देशन दिएको थिए तर पनि ठगी रोकिएन । ठगी नरोकिएपछि सरकारले नै यात्रुको सुविधाका लागि शटल बस सञ्चालनमा ल्याएको छ । यसरी ठगी बढ्दै जाँदा काठमाण्डाैमा पढ्ने विद्यार्थीहरू घर बिदाबाट फर्किँदा सामान बोकेर आउँछन्, जहाजको भाडाभन्दा महँगो ट्याक्सीले असुल्छन् । म आफैँ पनि विगतमा यहाँबाट कोटेश्वरसम्म जाँदा डेढ/दुई हजार रुपैयाँ तिर्न बाध्य भएको थिएँ । यही लुट अन्त्य गर्न शटल बसको थालनी गर्नुपरेको हो ।’

पर्यटनमन्त्री आलेले वैदेशिक रोजगारीमा जाने यात्रु ठगी वा अन्य कुनै समस्या परेमा विमानस्थलले व्यवस्था गरेको हटलाइनमा फोन गर्न आग्रह गर्नुभयो । साथै उहाँले विमानस्थलको क्यान्टिन र कफी पसलमा रहेको महँगी १५ प्रतिशत सस्तो भएको तर ट्याक्सीहरूले भने अटेर गरेको बताउनुभयो ।

त्यस्तै आजदेखि नै वैदेशिक श्रम गन्तव्यमा जाने यात्रुका लागि अन्तर्राष्ट्रिय टर्मिनल भवनमा विश्राम घरको पनि पर्यटन मन्त्री आलेले उद्घाटन गर्नुभएको छ । विश्राम घरको उद्घाटन गर्दै मन्त्री आलेले गाउँदेखि रोजगार कम्पनीसम्म ठगीमा पर्ने नेपाली श्रमिक तथा कामदारलाई विमानस्थलमा राहतस्वरूप विश्राम घर सञ्चालनमा ल्याइएको बताउनुभयो । नेपाली श्रमिक विदेशी देशको ५० डिग्रीमा श्रम गरेर रेमिट्यान्स पठाउने तर उनीहरूका लागि राज्यबाट विदेश जानका लागि समेत कुनै सुविधा प्रदान नगरेको बताउनुभयो।

अब विमानस्थलमा आन्तरिक हवाई यात्रा गर्ने यात्रुले हरेक दिन बिहान ६ बजेदेखि राति ११ बजेसम्म शटल बसमा सित्तैमा यात्रा गर्न पाउनेछन् । शटल बसले आन्तरिक टर्मिनलदेखि रिङरोडसम्म जोडिएको विमानस्थलको ‘गोल्डन गेट’ सम्म यात्रुलाई सेवा दिनेछन् ।

https://www.ujyaalonepalnews.com/archives/16491

Previous articleदुबई बाट उड्ने बेला अर्काले दिएको कट्टु लगाउँदा यसरी फ’से सिताराम
Next articleपिठुवा सिकाई केन्द्र रनिंगशिल्ड हाजिरिजवाफ प्रतियोगिता सम्पन्न