कालिकाको क्लब चोकमा रहेको दीपज्योति सप्लायर्स बाट सामान खरिद गरेका १७ जनालाई उपहार

रत्ननगर, २५ मंसिर । कालिका नगरपालिका क्लबचोकमा रहेको दिपज्योति मल्टीसप्लायर्सबाट सामान खरिद गरेका १७ जनाले उपहार पाएका छन् । मल्टीसप्लायर्सबाट १० हजार रुपैयाँ भन्दा माथी सामान खरिद गरेका १७ जनाले लक्की-ड्र मार्फत उपहार पाएका हुन् । सप्लायर्सले शनिबार लक्की-ड्र कार्यक्रमको आयोजना गरेर विजेता सार्वजनिक गरेको हो ।

मल्टीसप्लायर्सले सञ्चालन गरेको चिठ्ठा उपहार योजना अन्तर्गत उपहार जित्नेमा कुपन नं ४५३ का ग्राहकले २२ हजार मूल्य बराबरको दराज उपहार पाएका छन् । कालिका–३ की दीपा कुमालले मोबाइल सेट, सोही ठाउँकी सुमित्रा विकले टेलिभिजन, माया घलेले इन्डक्सन चुलो, अन्जली गुरुङ र कुपन नं १२०१ ले आइरन, कुपन नं १४९६ लाई फिल्टर तथा कुपन नं १२४८, १७३, ६६३, १५६०, २३३ ले खडी उपहार जितेका छन् ।

चिठ्ठा उपहार योजनाअन्तर्गत पाँच जोडीलाई सौराहाको होटलमा एकरात खान बस्नको सुविधा प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि पूर्वी चितवन पत्रकार मञ्चका अध्यक्ष होमनाथ सापकोटा र मल्टीसप्लायर्सका सञ्चालक ज्ञानेन्द्र प्रसाद दाहालले ग्राहकहरुलाई सामाग्री हस्तान्तरण गरेका थिए । सो अवसरमा मल्टीसप्लायर्सका सञ्चालक दाहालले व्यवसाय प्रर्बद्धन र ग्राहकलाई उत्साहित बनाउन चिठ्ठा उपहार योजना सञ्चालन गरेको बताए ।

https://ujyaalonepalnews.com/archives/16721

Previous articleमलेशियन सरकारको निर्णय: सबै क्षेत्रमा विदेशी कामदार लैजाने
Next articleभद्रकाली मा. वि मा भु.पु विद्धार्थीहरुको भेला, एलिन गुरुङको अध्यक्षतामा ११ सदस्यिय तदर्थ समिति गठन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।