भद्रकाली मा. वि मा भु.पु विद्धार्थीहरुको भेला, एलिन गुरुङको अध्यक्षतामा ११ सदस्यिय तदर्थ समिति गठन

0
106

निराजन घिमिरे, चितवन- चितवनको रत्ननगर नगरपालिका वडा नं. १६  मा रहेको भद्रकाली माध्यमिक बिधालयमा आज एक कार्यक्रम विच भु.पु विद्यार्थी संघ गठन गरिएको छ। विद्धालयका प्रधानाध्यापक तिलक कुँवरको अध्यक्षतामा भएको भु.पु विद्धार्थीहरुको भेलाले ११ सदस्य तदर्थ समिति गठन गरिएको छ । समितिको अध्यक्षमा भु.पु विद्यार्थी एलिन गुरुङ (महावीर) लाई चयन गरिएको छ। त्यसैगरी उपाध्यक्षमा कुशल अधिकारी, सचिवमा लेखनाथ देवकोटा, सह-सचिवमा राजु सारु मगर, कोषाध्यक्षमा सुनिता थापा लाई चयन गरिएको छ।

त्यस्तै तदर्थ समितिको सदस्यहरुमा नविन गुरुङ, सुलज राना मगर, सबिन श्रेष्ठ, विक्रम पौडेल, नविन श्रेष्ठ र विकास नेपाललाई चयन गरिएको छ । वडाध्यक्ष हेमराज थापाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बोल्दै विद्धालय व्यवस्थापन समितिको अध्यक्ष समेत रहनुभएका थापाले पुर्व विद्धार्थीहरुको यस किसिमको सक्रियताले भद्रकाली स्कुलको शैक्षिक गुणस्तर सुधार गर्न निकै सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो । हिजो विविध कारणले गतिहीन बनेको विद्धालयलाई सुधार गर्न आफुले निकै मेहनत गरेको उल्लेख गर्दै थापाले भु.पु विद्धार्थीहरुको संगठनले आफ्नो अभियानमा सहयोगी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा सम्बोधन गर्दै प्रधानाध्यापक तिलक कुँवरले विधालयको हालको गतिविधि, भौतिक संरचना र विद्धालयको भावी योजनाहरुको बारेमा जानकारी गराउनुभएको थियो । विद्धालयको गुणस्तर सुधार गर्नको लागी आफुले सक्दो मेहनत गरेको बताउंदै प्रधानाध्यापक कुंवरले एक व्यक्तिले चाहँदैमा सोचे जति गर्न नसकिएको बताउनुभयो । शैक्षिक गुणस्तर सुधार्न सबैभन्दा पहिला विधालयका शिक्षक बाट नै सुरुवात गर्नुपर्ने भएपनि विद्धालयमा कार्यरत केहि शिक्षकहरु बाट आफुलाई सोचेजस्तो सहयोग नभएको गुनासो गर्नुभयो ।

विद्धालयमा विद्धार्थीको सहजताको लागी बस खरिद गर्ने प्रसंगमा बोल्दै प्र.अ कुँवरले वडा स्तरिय बजेट बाट १५ लाख रुपैयाँ प्राप्त भएको तर बाँकी पैसा जुटाउन नसक्दा बस संचालनमा केहि ढिलाई भएको जानकारी दिनुभयो । यद्धपी बस खरिदको लागी टेन्डर आव्हान गरिसकिएको उँहाको भनाई छ । अब भु,पु विद्धार्थी, अभिभावक, विद्धालय र स्थानिय सरकारको संयुक्त पहल बाट नपुग रकम जुटाएर केहि महिनामै भद्रकाली मा.वि ले आफ्नै सवारीसाधनमा विद्धार्थी ओसार्ने उंहाले बताउनुभयो ।

https://www.ujyaalonepalnews.com/archives/16724

Previous articleओली–नेपाल र प्रचण्ड एउटै मञ्चमा
Next articleकाँग्रेस महामन्त्रीमा पराजित भएपछि रक्षामन्त्री रिजालको राजीनामा