वर्तमान सरकारले देश पछाडि धकेल्यो : नेता गगन थापा

इनरुवा, १६ माघ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले वर्तमान सरकारले देशलाई पछाडि धकेलेको बताएका छन् ।

सुनसरीको रामधुनी नगरपालिकामा बुधबार काँग्रेस रामधुनी नगर समितिले आयोजना गरेको नगर सम्मेलनमा उनले यस्तो बताएकी हुन्

सरकारले देशलाई विकासको सट्टा बरबादीतर्फ लगेको आरोप लगाउँदै उनले बहुमतप्राप्त सरकारले देशलाई अहिले विकास निर्माणतर्फ अगाडि बढाउनुपर्नेमा त्यसविपरीतका कार्य गर्ने गरेको बताए ।

कार्यक्रममा काँग्रेस सुनसरीका सभापति तथा प्रदेश नं १ को प्रदेशसभाका संसदीय दलका नेता राजिव कोइरालाले नेता थापालाई पार्टीको नेतृत्वमा आउन आग्रह गरे । रासस

The post वर्तमान सरकारले देश पछाडि धकेल्यो : नेता गगन थापा appeared first on Koshi Online.

बास्कोटाको अडियो बाहिर ल्याउने मिश्रलाई कारबाही गर्न लेखा समितिको निर्देशन, बस्लान त सँगै जेल ?

Previous article९ महिनालाई घाइते प्रतिभाको दृढता- निको भएपछि पुरानै लयमा फर्किनेछु
Next articleनेविसंघका अध्यक्षमा सुनसरीका राजीव ढुंगाना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।