Home Uncategorized पुस २७ देखि रत्ननगर महोत्सव, तयारी तिव्र टाँडीमा फुड फेस्टिवल

पुस २७ देखि रत्ननगर महोत्सव, तयारी तिव्र टाँडीमा फुड फेस्टिवल

रत्ननगर २७ मंसिर । पूर्वी चितवनको टिकौलीचौरमा हुने रत्ननगर महोत्सव २०७८ को तयारी तीब्र पारिएको छ । रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा पुस २७ देखि माघ ८ गते सम्म महोत्सवको ११ औं संस्करण हुँदै छ ।

महोत्सवलाई सफलता पूर्वक सम्पर्क गर्न आन्तरिक तयारी देखि प्रचारप्रसार तथा स्टल निर्माणको काम तीब्र रुपमा भइरहेको मुल व्यवस्थापन समितिका संयोजक तथा संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले बताए । कोरोनाले सिथिल बनेको अर्थतन्त्रलाई चलायमान गराउने गरी महोत्सवका गतिविधिलाई सञ्चालन गरिने अध्यक्ष श्रेष्ठले बताए । समग्र जिल्लाको आर्थिक विकास गर्ने उद्देश्यले आयोजना गरिएको सो महोत्सवमा कृषि,पर्यटन,शिक्षालाई प्राथमिकता दिइएको छ ।

महोत्सवमा पोल्टी,माछा,केरालाई प्रोत्सहान गरिने संघका बरिष्ठ उपाध्यक्ष शंकर गिरीले जानकारी दिए । महोत्सवमा ३५० वटा स्टलहरु रहने र महोत्सव परिसर भित्र कृषि,पोल्टी तथा सुचनाप्रविधिका विशेष परिसर तयार गरिने गिरीले बताए । महोत्सवको आर्कषणको रुपमा जिप साइकलिङ र होम स्टेको प्रर्बद्धनलाई दिइएको स्टल निर्माण समितिका संयोजक तथा संघका पूर्व अध्यक्ष ज्ञानबहादुर विसुरालले बताए ।

महोत्सब अन्तर्गत टाँडीमा चिकेन एण्ड एग फुटफेष्टिबल आयोजना गरिएको छ । पुस २९ गते देखि माघ ३ गते सम्म चल्ने सो फेष्टिबलमा कुखुराको मासु र अण्डाको विशेष परिकार राखिने संघका महासचिव निराजन खनालले जानकारी दिए । कोरोनाको कहर कायम रहेका कारण महोत्सवको टिकटसंग माक्स समेत दिने गरी तयारी भइरेहको छ ।

https://ujyaalonepalnews.com/archives/16761

Previous articleयुएईमा परिबन्दमा परेका दुई नेपाली, आफ्नै साथी बचाउन खोज्दा १४ करोडको मुद्दा
Next articleविदेशमा संगै काम गर्ने ईन्डियनले खिचेको अश्लिल तस्वीरले नेपाली युवाती तनाबमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।