पुस २७ देखि रत्ननगर महोत्सव, तयारी तिव्र टाँडीमा फुड फेस्टिवल

0
59

रत्ननगर २७ मंसिर । पूर्वी चितवनको टिकौलीचौरमा हुने रत्ननगर महोत्सव २०७८ को तयारी तीब्र पारिएको छ । रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा पुस २७ देखि माघ ८ गते सम्म महोत्सवको ११ औं संस्करण हुँदै छ ।

महोत्सवलाई सफलता पूर्वक सम्पर्क गर्न आन्तरिक तयारी देखि प्रचारप्रसार तथा स्टल निर्माणको काम तीब्र रुपमा भइरहेको मुल व्यवस्थापन समितिका संयोजक तथा संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले बताए । कोरोनाले सिथिल बनेको अर्थतन्त्रलाई चलायमान गराउने गरी महोत्सवका गतिविधिलाई सञ्चालन गरिने अध्यक्ष श्रेष्ठले बताए । समग्र जिल्लाको आर्थिक विकास गर्ने उद्देश्यले आयोजना गरिएको सो महोत्सवमा कृषि,पर्यटन,शिक्षालाई प्राथमिकता दिइएको छ ।

महोत्सवमा पोल्टी,माछा,केरालाई प्रोत्सहान गरिने संघका बरिष्ठ उपाध्यक्ष शंकर गिरीले जानकारी दिए । महोत्सवमा ३५० वटा स्टलहरु रहने र महोत्सव परिसर भित्र कृषि,पोल्टी तथा सुचनाप्रविधिका विशेष परिसर तयार गरिने गिरीले बताए । महोत्सवको आर्कषणको रुपमा जिप साइकलिङ र होम स्टेको प्रर्बद्धनलाई दिइएको स्टल निर्माण समितिका संयोजक तथा संघका पूर्व अध्यक्ष ज्ञानबहादुर विसुरालले बताए ।

महोत्सब अन्तर्गत टाँडीमा चिकेन एण्ड एग फुटफेष्टिबल आयोजना गरिएको छ । पुस २९ गते देखि माघ ३ गते सम्म चल्ने सो फेष्टिबलमा कुखुराको मासु र अण्डाको विशेष परिकार राखिने संघका महासचिव निराजन खनालले जानकारी दिए । कोरोनाको कहर कायम रहेका कारण महोत्सवको टिकटसंग माक्स समेत दिने गरी तयारी भइरेहको छ ।

https://www.ujyaalonepalnews.com/archives/16761

Previous articleओली–नेपाल र प्रचण्ड एउटै मञ्चमा
Next articleकाँग्रेस महामन्त्रीमा पराजित भएपछि रक्षामन्त्री रिजालको राजीनामा