Home Uncategorized विदेशमा संगै काम गर्ने ईन्डियनले खिचेको अश्लिल तस्वीरले नेपाली युवाती तनाबमा

विदेशमा संगै काम गर्ने ईन्डियनले खिचेको अश्लिल तस्वीरले नेपाली युवाती तनाबमा

विदेशमा संगै काम गर्ने ईन्डियनले खिचेको अ’श्लिल तस्वीरले नेपाली युवाती  त’नाबमा

२८ मंसिर, काठमाडौं । भारतको उत्तर प्रदेशका ३१ वर्षीय मोहम सालिम र काठमाडौंकी कविता (नाम परिवर्तन) यूएईमा एउटै कम्पनीमा काम गर्थे । सँगै काम गर्दा भएको चिनजान झाँगिदै गर्दा उनीहरुबीच शारीरिक सम्बन्ध पनि भयो । त्यतिबेला सलिमले कवितासँगको अन्तरंग तस्वीर पनि खिचेका थिए ।

तर, कविता त्यसबारे जानकार थिइनन् । नेपाल फर्किएपछि उनी सालिमसँग टाढा हुन थालिन् । ‘तर उनलाई चाहिँ कविता टाढा भएको मन परेन, उनले बोल्न छाडेपछि पहिले खिचेको अन्तरंग तस्वीर देखाएर ब्ल्याक’मे’ल गर्न थाले’ काठमाडौं प्रहरी परिसर, टेकुका एक अनुस’न्धान अधिकृत भन्छन्, ‘आफन्तलाई पठाइदिने भन्दै ध’म्की आउन थालेपछि हामी कहाँ उजुरी पर्‍यो ।’

सालिमले उनलाई भेट्ने प्रस्ताव गरिरहेका थिए । त्यहीबेला प्रहरीसँगको सहयोग लिन पुगिसकेकी कविताले उनलाई नेपाल बोलाइन् ।

त्यसपछि कवितालाई भेट्ने भन्दै काठमाडौंको एक होटलमा आएका सालिम त्यहीँबाट पक्रा’उ परे । अहिले उनीविरुद्ध विद्युतीय अपरा’ध ऐन, २०६३ अनुसार ५ दिन म्याद थप गरेर काठमाडौं प्रहरीले विस्तृत अनुस’न्धान गरिरहेको छ । अनलाइन खबर बाट

https://ujyaalonepalnews.com/archives/16765

Previous articleपुस २७ देखि रत्ननगर महोत्सव, तयारी तिव्र टाँडीमा फुड फेस्टिवल
Next articleनेपाली कांग्रेसमा फेरि देउवा सभापति
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।