भारतीय महिला लिगमा सेथुको पहिलो हार

राष्ट्रिय टोलीकी मिडफिल्डर अनिता बस्नेत सम्मिलित सेथु एफसीले भारतीय महिला लिगमा पहिलो हार बेहोरेको छ।

ब्यांग्लोर फुटबल स्टेडियममा मगंलबार भएको लिग चरणको आफ्नाे दोस्रो खेलमा साविक विजेता सेथु एफसी कृप्सा एफसीसँग २–० ले पराजित भएको हो।

सेथुले तेस्रो खेलमा बीबीके एफसीसँग बिहीबार प्रतिस्पर्धा गर्नेछ।

समुह ‘ए’ मा रहेको सेथुले पहिलो खेलमा कोहलपुर एफसीलाई ५–० ले हराउँदै विजयी सुरुवात गरेको थियो।

मंगलबारै भएको समूह ‘ए’ को अर्को खेलमा नेपाली राष्ट्रिय टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले ह्याट्रिकसहित ५ गोल गरेपछि गोकुलम केरला एफसीले केन्क्रे एफसीलाई १०–१ ले पराजित गर्दै सानदार जित निकालेको थियो।

सोही मैदानमा भएको खेलमा नेपाली गोलमेसिन साम्बाले ५ गोल गरेकी थिइन्। खेलको ७ र १९ औं मिनेटमा गोल गरेकी सावित्राले पहिलो हाफको इन्जुरी समयमा ह्याट्रिक पूरा गरिन्। प्लेयर अफ दि म्याचसमेत बनेकी साम्बाले ४८ तथा ६१ औं मिनेटमा गोल गर्दै आफ्नो गोल सख्यां ५ पुर्‍याएकी थिइन्।

गोकुलमले लिगको पहिलो खेलमा श्रीभुमीलाई १–० ले पराजित गरेको थियो। सो खेलमा पनि सावित्राले ६७ औं मिनेटमा निर्णायक गोल गरेकी थिइन्।

गोकुलमले तेस्रो खेलमा आगामी शनिबार ओडिसा पुलिससँग खेल्नेछ। 

प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रिय बालमाविद्धारा कुश्मा बजार सरसफाई

Previous articleमेस्सीको नजरमा पाँच फुटबल स्टार, रोनाल्डो अटाएनन् सूचीमा
Next articleराष्ट्रिय हितलाई ध्यानमा राखेर एमसिसीबारे निर्णय हुन्छ : प्रवक्ता श्रेष्ठ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।