रत्ननगर,पौष १६- नवौं राष्ट्रिय पोल्ट्री दिवसको अवसरमा बकुलहर रत्ननगर अस्पतालका बिरामीलाई अण्डा वितरण गरिएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय बागमती प्रदेश, नेपाल कुखुरा व्यवसायी मञ्च भरतपुर र कुखुरा व्यवसायी मञ्च पुर्वि चितवनले शुक्रबार संयुक्त रुपमा अस्पतालमा कार्यक्रमको आयोजना गरी बिरामीलाई अण्डा वितरण गरेको हो। कार्यक्रममा अस्पतालमा रहेका १५ जना सुत्केरी महिलालाई कुखुराको मासु पनि वितरण गरिएको नेपाल कुखुरा ब्यवसायी मञ्चका उपाध्यक्ष ज्ञान बहादुर विसुरालले जानकारी दिए ।
कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष गोपाल कर्माचार्यले पोल्ट्री दिवसको अवसरमा शुभकामना ब्यक्त गर्दै अस्पतालका बिरामीलाई अण्डा र मासु वितरण गरेकोमा धन्यवाद दिए । उनले बिरामीलाई पौष्टीक आहार अत्यावश्यक हुने भन्दै आयोजकले अस्पतालमै आएर पौष्टीक आहार प्राप्त हुने अण्डा र मासु वितरण गरेकोमा प्रशंसा ब्यक्त गरे। कार्यक्रममा बोल्ने अधिकांश बक्ताले सस्तो मुल्यमा पर्याप्त पौष्टिक आहार प्राप्त हुने अण्डा र कुखुराको मासु खान सबैलाई आग्रह गरे।

कार्यक्रममा नेपाल कुखुरा ब्यवसायी मञ्च पूर्वि चितवनका अध्यक्ष हरिकृष्ण खनाल, नेपाल कुखुरा ब्यवसायी मञ्चका प्रथम उपाध्यक्ष रघुनाथ भट्ट, द्वितिय उपाध्यक्ष डाक्टर रेवन्त कुमार भट्टराई , सचिव रामलाल भूषाल, सदस्य मदन पोख्रेल, डाक्टर विष्णुहरी पोख्रेल, जनार्दन अधिकारी, चितवन नवलपुर दाना वितरण संघका वरिष्ठ उपाध्यक्ष विर बहादुर गुरुङ, सदस्य प्रकाशमणी सापकोटा, नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघका सचिव तुलसी प्रसाद सुवेदी , नेपाल ह्याचरी उद्योग संघ बागमती प्रदेशका उपाध्यक्ष परशुराम अधिकारी, कोषाध्यक्ष शिवराज उप्रेती, चितवन उद्योग संघ रत्ननगर इकाइका अध्यक्ष गोविन्द खनाल लगायतको उपस्थिति रहेको थियो । आयोजकले शुक्रबारनै रत्ननगरमा रहेको असहाय वृद्ध कल्याण समाजका वृद्ध वृद्धालाई पनि अण्डा वितरण गरेको थियो।
https://ujyaalonepalnews.com/archives/17023


