अन्तर विद्यालय तीजगीत प्रतियोगितामा स्काइराइडर प्रथम

उज्यालो दर्पण- भरतपुरको अर्किड माध्यमिक विद्यालयले आयोजना गरेको जिल्ला स्तरीय अन्तरविद्यालय तीजगीत प्रतियोगितामा रत्ननगरको स्काईराईडर आवाशीय माध्यमिक विद्यालय प्रथम भएको छ ।

‘लोकसंस्कृतिको संरक्षण, श्रष्ट्राको सम्मान र नवप्रतिभालाई प्रोत्साहन’ भन्ने नारालाई आत्मसाथ गर्दै विद्यालयले जिल्ला स्तरीय तीजगीत प्रतियोगिता आयोजना गरेको हो ।

विद्यालय अतिरिक्त क्रियाकलाप विभाग प्रमुख तथा कार्यक्रम संयोजक प्रतीक्षा श्रेष्ठका अनुसार प्रतियोगितामा चितवनका सामुदायिक एवम संस्थागत गरि ३० भन्दा बढी विद्यालयहरुको सहभागीता रहेको थियो।

प्रतियोगितामा ओम शान्ति मावी भरतपुर दोश्रो र सनराइज स्कुल तेस्रो भएका थिए। कार्यक्रममा नेपाल प्रहरी स्कुलको विशेष प्रस्तुति रहेको थियो।

Previous articleकयरखोलामा डुबेको अवस्थामा एकजनाको शव फेला
Next articleअँगालो मारेको अवस्थामा केराघारी भित्र दुई नाबालिकाको शव फेला, आमाले विष खुवाएको हुनसक्ने आशंका !
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।