साउदीमा रि–ईन्ट्री भिसाको म्याद आगामी मार्च ३१ सम्म नि:शुल्क नविकरण गरिने

साउदीमा रि–ईन्ट्री भिसाको म्याद आगामी मार्च ३१ सम्म नि:शुल्क नविकरण गरिने

२५ जनवरी, साउदी-  साउदी अरवले अकामाको नविकरण तथा एक्जिट र रि–ईन्ट्री भिसाको म्याद आगामी मार्च ३१ सम्म थप शुल्क नलिई नविकरण गर्ने भएको छ । साउदी प्रेस एजेन्सीका अनुसार यस सम्वन्धि विषय हेर्ने साउदी अरवको सरकारी निकाय जवाजतले आवासिय अनुमति (अकामा) र एक्जिट तथा रि–ईन्ट्री भिसा सो समयसम्मका लागि थप कुनै शुल्क नलिई नविकरण गर्ने भएको हो ।

साउदी गजेटका अनुसार कोभिड १९ का कारण विभिन्न मुलुकहरुमा तथा ति मुलुकबाट साउदी अरव आउन यात्रा वन्देज लागेका कारण समस्यामा पर्न सक्ने विदेशी श्रमिकलाई लक्षित गर्दै यस्तो निर्णय गरिएको हो ।

उनीहरु साउदी सरकारको सो निर्णयबाट लाभान्वित हुने अपेक्षा गरिएको समाचारमा जनाइएको छ  जवाजतले यसबीचमा म्याद सकिने अकामा तथा एक्जिट र रि–ईन्ट्री भिसाको म्याद स्वत: मार्च ३१ सम्म थपिने जनाएको छ ।

यसका लागि कुनै थप प्रकृया गर्नु पर्दैन । तर साउदी अरवमा यस अगाडी नै एक मात्रा कोभिड–१९ विरुद्दको खोप लगाएका र स्वदेश फर्किएर पुन: साउदी अरव फर्किनु पर्नेहरुलाई भनें लागु नहुने जनाइएको छ ।

https://ujyaalonepalnews.com/archives/17344

Previous articleसौराहामा पर्यटकको आकर्षण बढाउन सहयोग गर्छु : मन्त्री श्रेष्ठ
Next articleभोजपुरी फिल्ममा करिअर खोज्दै शिल्पा पोखरेल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।