भरतपुर, १७ माघ- भरतपुरको निर्माणाधिन पुलचोक–गोन्द्राङ सडकमा कन्टेनर पल्टिँदा चालक गम्भीर घाइते भएका छन् । भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको प्रदेश ०३–००१–००५ ख ९९७० नम्बरको कन्टेनर दिउसो दुर्घटनामा परेको हो । गोन्द्राङ नजिकैको बसन्तचोकमा अनियन्त्रित भएर पल्टेको थियो ।

घाइतेको नाम ठेगाना पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । घाइतेको भरतपुर अस्पतालमा उपचार भैरहेको छ । कन्टेनर पल्टिदा नजिकैका २ वटा विद्युत पोल समेत ढलेका थिए । ती पोलको विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको टोलीले मर्मत गरेको छ ।
चितवनका अरु पनि ताजाताजा खबरहरु थाहा पाउनको लागी ‘चितवनको खबर’ ग्रुपमा ज्वाईंन हुनुहोला ! ग्रुपमा ज्वाईंन हुनको लागी यँहा क्लिक गर्नुहोला !
https://ujyaalonepalnews.com/archives/17388


