विदेश उडाइदिन्छु भन्दै पैसा असुलेर विदेश नपठाउने मेनपावरका गुण्डाले पिडित र पत्रकार कुटे

विदेश उडाइदिन्छु भन्दै पैसा असुलेर विदेश नपठाउने मेनपावरका गुण्डाले पिडित र पत्रकार कुटे, भिडियो अन्तिममा हेर्नुहोला 

काठमाडौं । सामाखुसीस्थित ट्रिपल स्टार म्यानपावरबाट परिचालित गुण्डाहरुले न्यूज २४ फोटोपत्रकार महेश्वर के.सी.माथि हातपात गरि क्यामेरा खोसेर लगेका छन् । मंगलबार दिउँसो त्यहाँ पुगेर फोटो समाचार संकलन गर्ने क्रममा म्यानपावरले खटाएका गुण्डाहरुले फोटोपत्रकार के.सी.माथि हातपात गरि क्यामेरा खोसेर लगेका हुन् ।

म्यानपावरका गुण्डाहरुले के.सी. लगायत थुप्रै पत्रकारमाथि कुटपिट गरेर गम्भीर घाइते बनाएका छन् । गम्भीर घाइते भएका पत्रकाहरुको ग्रिन सिटी अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते भई अस्पताल भर्ना हुनेहरुमा दिपेशराज पाण्डे, हरिप्रसाद, पाठक दशरथ भण्डारीलगायत रहेका छन् ।

म्यानपावरले विदेश उडाइदिन्छु भनेर विदेश नपठाएपछि पीडितहरु कार्यालयमा उपस्थित भएका थिए । पीडितहरुसँगै सञ्चारकर्मी पनि त्यहाँ पुगेका थिए । त्यहाँ पुगेका पीडित र पत्रकारलाई समाउँदै म्यानपावरबाट परिचालित गुण्डाहरुले रगताम्य गरि कुटपिट गरेका थिए । पछि प्रहरी आएर सुरक्षा दिलाएका थिए ।

न्यूज २४ सँग सम्पर्क आएका म्यानपावर सञ्चालक हरिकाजी गुरुङले यस विषयमा समाचार सम्प्रेषण नगर्न भन्दै आग्रह गरे ।

भिडियो हेर्नुहोस

यदि तपाई वैदेशिक रोजगारीको शिलशिलामा विदेशमा बस्नुहुन्छ भने विदेसमा रहेका नेपालीहरुलाई आवश्यक पर्ने
जानकारी, दुताबासका सुचना, एअरलाइन्सको सुचना लगायत सबै जानकारी पाउनको लागी यो ग्रुपमा ज्वाईन् हुनुहोला !
ग्रुपमा ज्वाईंन हुन यँहा क्लिक गर्नुहोला !

https://ujyaalonepalnews.com/archives/17393

Previous articleभरतपुरमा ट्रक पल्टियो, सडक छेउका बिजुलीका पोल ढले
Next articleसाबिक हाजिपुरको घरजग्गा कारोबार अब खैरहनी मालपोत बाट भरतपुर जाने बाध्यता हट्यो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।