रत्ननगर । राष्ट्रिय प्रजातन्त्र पार्टीले चितवनको रत्ननगरमा पार्टी कार्यालय स्थापना गरेको छ । रत्ननगर १० निपनीचोकमा सो पार्टीको रत्ननगर नगर समितिको पार्टी कार्यालय स्थापना गरिएको हो । पार्टी कार्यालयको उद्घाटन गर्दै सहमहामन्त्री तथा प्रदेश साँसद रिना गुरुङले राप्रपा फेरी राष्ट्रिय राजनीतिको शक्तिमा आउने दाबी गरिन ।
राप्रपा प्रति जनविश्वा बढ्दै गएको भन्दै उनले आगामी तीनै तहको निर्वाचनमा सम्मानजनक जित हासिल गर्ने बताइन । राप्रपा अगाडि बढिसक्यो उनले भनिन् अब पछाडि फर्केर हेर्नुपर्दैन ।

उनले विवादित बनेको एमसीसीको मुद्दा खारेज हुनुपर्ने बताइन । कार्यक्रममा राप्रपाका जिल्ला अध्यक्ष रुद्र ढकालले चितवनमा राप्रपाप्रति आर्कषण बढ्दै गएको भन्दै मुलुकको अस्थित्व रक्षाका लागि राप्रपा शक्तिमा आउनु पर्ने बताए । कार्यक्रममा क्षेत्र नं १ का क्षेत्रीय अध्यक्ष बलराम खनालले राप्रपा बलियो हुँदा कोही पनि दुखी र निरास हुने अबस्था नआउने बताए । राप्रपालाई फेरी विभाजन गर्ने सपना नदेख्न आग्रह गर्दै नेता खनालले देशभक्त राप्रपाका कोही कार्यकर्ता पनि फुटको पछि नलाग्ने बताए ।
कार्यक्रममा रत्ननगर वडा नं १२ का सोहन पाण्डे, वडा नं १३ का श्रीराम काप्री,सोही वडाका सावित्रा रेग्मी सहित एक दर्जन नेता तथा कार्यकर्ता अन्यपार्टी परित्याग गरी राप्रपा प्रवेश गरेको नेता हरि अधिकारीले जानकारी दिए ।
नगर अध्यक्ष गोविन्द अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका जिल्ला उपाध्यक्ष जीवलाल पुरी,प्रदेश ख अध्यक्ष हरिशरण भट्टराई,जिल्ला सचिव केशव भण्डारी,महिला संगठन चितवनकी अध्यक्ष गीता लम्साल,राप्ती नगर अध्यक्ष गोपाल पाण्डे,कालिका नगर अध्यक्ष आशिष भट्टराई,साविक पिठुवा गाविस वडा नं ४ का राप्रपाबाट निर्वाचित वडाध्यक्ष गणेशजंग रायमाझी लगायतले मन्तव्य राखेका थिए ।
चितवनका अरु पनि ताजाताजा खबरहरु थाहा पाउनको लागी ‘चितवनको खबर’ ग्रुपमा ज्वाईंन हुनुहोला ! ग्रुपमा ज्वाईंन हुनको लागी यँहा क्लिक गर्नुहोला !
https://ujyaalonepalnews.com/archives/17446


