निराजन घिमिरे, फागुन १ – रत्ननगरका आठ हजार बढी विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाईएको छ। १२ देखि १७ वर्ष उमेर समूहका ८ हजार ७१६ विद्यार्थीले कोरोना विरुद्धको मोर्डना खोप लगाएका हुन् ।


यहि माघको २३,२४ र २५ गते रत्ननगरका १६ वटै वडाका संस्थागत र सामुदायिक विध्यालयहरुमा खोप अभियान संचालन गरिएको थियो । रत्ननगर संगै चितवनका अन्य ६ वटा पालिकाका करिब ४८ हजार विद्यार्थीले पनि मोर्डना खोप लगाएका छन् ।

भरतपुर महानगरमा ३३ हजार ५८५, माडीमा ३ हजार ११४, राप्तीमा ४ हजार ९२७, कालिकामा ३ हजार ६५२, इच्छाकामनामा २ हजार २५२ जनाले मोर्डना खोप लगाएका छन् । खैरहनीमा यसअघि नै ५ हजार विद्यार्थीले खोप लगाएका थिए । यसअघि खोप लगाउन छुटेका खैरहनीका ५३५ जनाले पनि मोर्डना खोप लगाएका छन् ।
सातकन्या खानेपानीको सातौं साधारणसभा; पिठुवामा मर्ज हुने सर्वसम्मत निर्णय


