निराजन घिमरे, फागुन १५, चितवन- पुर्विचितवनको रत्ननगरमा आज देखि सुरु भएको रत्ननगर महोत्सवमा एक्पर्ट एजुकेसन चितवनले नि:शुल्क खानेपानी वितरण गरेको छ । महोत्सबको शोभायात्रामा सहभागीहरुलाई खानेपानी वितरण गरिएको हो ।
रत्ननगर महोत्सवको सफलताको लागि एक्पर्ट एजुकेसन सधै रत्ननगरबासीको साथमा रहको जानकारी दिंदै निर्देशक डिल्लीराम अधिकारीले शोभायात्रामा सहभागीहरुलाई नि:शुल्क पानी वितरण गरिएको बताए । उद्घाटन समारोह अघि नेपाल माध्यमिक विद्यालयको प्रांगणबाट सुरु भएको शोभायात्रामा हजारौं रत्ननगरबासीहरुको सहभागीता रहेको थियो ।
एक्पर्ट चितवनले महोत्सव स्थलको मूल गेटको समेत प्रायोजन गरेको छ ।


