रत्ननगरको भद्रकाली मन्दिरमा पूजा आराधना सहित शिवरात्री पर्व मनाइयो

0
82

निराजन घिमिरे, रत्ननगर, फागुन १८-  फागुन कृष्ण चतुर्दशी अर्थात महाशिवरात्रि पर्व, प्रत्येक वर्ष फागुन चर्तुदर्शीका दिन पर्ने यो पर्वमा हिन्दू धर्मावलम्बीले देशभरका शिवालयमा देवाधिदेव महादेवको पूजा अर्चना र रुद्राभिषेक एवम् भजनकिर्तन सहित मनाउने गर्दछन् ।

शिवरात्रीकै अवसरमा रत्ननगर १६ को भद्रकाली मन्दिर परिसरमा रहेको महामृत्युन्जय महादेवको मन्दिरमा पूजा आराधना सहित शिवरात्री पर्व मनाइएको छ । उक्त अवसरमा मन्दिरमा भजन कृतन, शिवधुनी, पुजापाठ, प्रसाद वितरण र चियापान लगायतको कार्यक्रम गरिएको भद्रकाली युवा क्लबका उपाध्यक्ष बद्रि लामिछानेले बताए ।

पूजा आराधना सहितको कार्यक्रममा उपस्थित भएका वडाध्यक्ष हेमराज थापाले शिवरात्री लगायत हिन्दुहरुको अन्य पर्वको आफ्नै महत्व रहेको भन्दै हिन्दु धर्मको जगेर्ना गर्न सबै जना लाग्नु पर्ने बताए । २०७३ सालमा स्थापना भएको महामृत्युन्जय महादेव मन्दिरमा पुजा गर्नको लागि स्थानिय भक्तजनहरुको विहानै देखी घुइचो लागेको थियो ।

https://www.ujyaalonepalnews.com/archives/17679

Previous articleछ वर्षिया बालिकालाई करणी गरेको अभियोगमा चितवनमा एकजना पक्राउ
Next articleशिव परियार र ‘एकदुमे’ संगै झुमे दर्शक, रत्ननगर महोत्सवमा २५ हजार दर्शकको भिड