शिव परियार र ‘एकदुमे’ संगै झुमे दर्शक, रत्ननगर महोत्सवमा २५ हजार दर्शकको भिड

0
64

रत्ननगर । रत्ननगरको टिकौली चौरमा जारी रत्ननगर महोत्सवमा शनिवार २५ हजारले अबलोकन गरेको आयोजकले दावी गरेको छ । विदाको दिन परेका कारण महोत्सवमा अबलोकनकर्ताहरुको अत्याधिक भीड लागेको हो ।

चितवनको आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यले रत्ननगर उद्योग बाणिज्य संघले महोत्सवको आयोजना गरेको हो । जाडो सकिएर गर्मी सुरु हुनै लाग्दा भएको सो महोत्सवमा अबलोकनकर्ताको कमी हुन्छकी भन्ने आशंका रहेकोमा दिनप्रतिदिन अबलोकनकर्ताको संख्या बढ्नुले त्यो आशंका दुर गरेको महोत्सव मुल समारोह समितिका संयोजक अनिल कृष्ण श्रेष्ठले बताए ।

हामी उत्साहित छौं उनले भने महोत्सव चितवनको आर्थिक गतिविधिलाई चलायमान गराउन सफल भएको छ । २४ गते सम्म चल्ने सो महोत्सवमा अपेक्षाकृत आर्थिक करोवार भइरहेको छ । स्थानीय स्तरमा उत्पादित बस्तु तथा व्यापार प्रर्बद्धनमा महोत्सव सफलता तर्फ उन्मुख रहेको बरिष्ट उपाध्यक्ष शंकर गिरीले बताए । महोत्सव अन्तर्गत शनिवार भएको रक्तदान कार्यक्रममा १९ जनाले रक्तदान गरेको स्वास्थ्य तथा प्राथमिक उपचार व्यवस्थापन समितिका संयोजक उद्धबकुमार कोइरालाले जानकारी दिए ।

त्यसैगरी महोत्सवको परिसरमा भलिबल प्रतियोगिता समेत सुरु भएको छ । प्रतियोगितामा १३ टिमको सहभागिता रहेको सो प्रतियोगितामा राष्ट्रिय स्तरका खेलाडीहरुको समेत सहभागिता रहेको छ । महोत्सव अन्तर्गत साँस्कृतिक कार्यक्रममा शनिवार सुबोध गौतम यदुमे,चर्चित शिव परियारले प्रस्तुती दिएका थिए । भोली चर्चित गायक बद्रि पंगेनी र गायिका निशा लामाको प्रस्तुती रहने कलाकार व्यवस्थापन समितिका संयोजक प्रकासमणि सापकोटाले जानकारी दिए ।

https://www.ujyaalonepalnews.com/archives/17739

Previous articleरत्ननगरको स्वास्थ्य शिविरमा पिठुवा लायन्सको नि:शुल्क यातायात सेवा
Next articleएमालेले बोलायो संसदीय दलको बैठक