रत्ननगर महोत्सवमा सहभागिता बढ्दै : विहीबार मात्रै २० हजारले गरे अबलोकन

रत्ननगर । टिकौली चौरमा जारी रत्ननगर महोत्सव अन्तर्गत विहीवार २० हजारले अबलोकन गरेको आयोजकले दावी गरेको छ । रत्ननगर उद्योग बाणिज्य संघले आयोजना गरेको सो महोत्सवमा अबलोकनकर्ताको संख्या बढ्दै गएको हो ।

विहीबार सार्वजनिक विदा परेकाले आयोजकले अपेक्षा गरेभन्दा पनि बढीले महोत्सव अबलोकन गरेको संघका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक अनिलकृष्ण श्रेष्ठले बताए । समग्र चितवनको आर्थिक विकास गर्ने उद्देश्यले आयोजना गरिएको सो महोत्सवमा सामाग्री किनमेल गर्नको लागि व्यवसायिक स्टलहरुमा भीड लाग्ने गरेको छ ।

घरायसी प्रयोजनको लागि चाहिने सामाग्री खरिदमा मान्छेहरुको भीड लागेको हो । वालउद्यान,जीप साइकलिङ,जीपलाइन सफारीमा पनि मान्छेको आर्कषण रहेको छ । फागुन २३ गते सम्म सञ्चालन हुने सो महोत्सवमा ४२५ स्ट रहेका छन् । महोत्सव ३ लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र १५ करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको संघका बरिष्ट उपाध्यक्ष शंकर गिरीले बताए ।

https://ujyaalonepalnews.com/archives/17685

Previous articleरत्ननगरको भद्रकाली मन्दिरमा पूजा आराधना सहित शिवरात्री पर्व मनाइयो
Next articleत्रिभुवन विमानस्थलको उडान अस्तव्यस्त : कतार एअरवेजको जहाज बङ्गलादेश ‘डाइभर्ट
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।