रत्ननगरको स्वास्थ्य शिविरमा पिठुवा लायन्सको नि:शुल्क यातायात सेवा

उज्यालो नेपाल- रत्ननगरको पिठुवामा आयोजना गरिएको एकदिने स्वास्थ्य शिविरमा पिठुवा लायन्स क्लबले नि:शुल्क यातायातको सुविधा प्रदान गरेको छ । रनपा-१६ वडा कार्यालयले आफ्नै कार्यालय परिसरमा ७५ वर्ष माथिका ज्येष्ठ नागरिकको लागी संचालन गरेको स्वास्थ्य शिविरमा आउने सेवाग्राहीहरुलाई क्लबले यातायातको प्रबन्ध मिलाएको हो ।

ज्येष्ठ नागरिकहरुलाई सेवा प्रदान गर्न पाउनु आफुहरुको निम्ति गौरवको कुरा भएको क्लबका अध्यक्ष लायन विष्णुप्रसाद अधिकारीले बताए । सामाजिक काममा आफ्नो क्लब हरदम तयार रहने बताउंदै अधिकारीले १०० जना ज्येष्ठ नागरिकहरुलाई घर बाट ल्याएर चेकजाँच गरि पु:न घर-घर पुर्याएको जानकारी दिए ।

 

https://ujyaalonepalnews.com/archives/17733

Previous articleसेलिब्रेटी बलात्कार प्रकरण: १६ वटा युटुब च्यानललाई कारबाहीको सिफारिस
Next articleशिव परियार र ‘एकदुमे’ संगै झुमे दर्शक, रत्ननगर महोत्सवमा २५ हजार दर्शकको भिड
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।