साउदी अरेबियाका विदेश मन्त्री भाेलि नेपाल आउँदै

काठमाण्डाै – साउदी अरेबियाका विदेश मन्त्री फाइसल विन फहरन अल साउद दुई दिने नेपाल भ्रमणमा आउनुहुने भएकाे छ । विदेश मन्त्री अल साउद भाेलि साेमवार दुई दिने भ्रमणका लागि नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएकाे छ ।

भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्नु हुने मन्त्रालयले निकालेकाे विज्ञप्तिमा उल्लेख छ ।

यस्तै परराष्ट्र मन्त्री डा. नारायण खड्का र उहाँबीच पनि भेट हुनेछ । परराष्ट्र मन्त्री खड्काले साउदी अरेबियाका विदेश मन्त्रीकाे सम्मानमा दिवाभाेजकाे आयाेजना गर्नुहुने विज्ञप्तिमा जनाइएकाे छ ।

पिठुवाका विद्यार्थीलाई साईबर क्राईम र ट्राफिक नियम सम्बन्धी सचेतना

Previous articleसाउदी अरबमा एकै दिनमा ८१ जनालाई मृत्युदण्ड
Next articleगौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बाट भैरहवा–कुवेत उडान गर्न जजिराको प्रस्ताव
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।