देवघाटमा तिन जिल्ला जोड्ने त्रिकोणात्मक पुल बन्ने

०१ चैत । तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाटमा त्रिकोणात्मक पुल निर्माण हुने भएको छ। देवघाट क्षेत्र विकास समितिको सोमबार सम्पन्न ५९ औँ पूर्ण बैठकले त्रिकोणात्मक पुल निर्माण गर्ने निर्णय गरेको हो। देवघाटमा पर्यटन प्रवर्द्वन गर्ने उद्देश्यसहित तीन जिल्ला जोड्ने गरी त्रिकोणात्मक पुल निर्माण गर्ने निर्णय भएको समितिका अध्यक्ष बद्रीनाथ अधिकारीले जानकारी दिए।

तनहुँ, चितवन र नवलपुर जोड्ने गरी पुल निर्माण हुनेछ। देवघाटको कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थलमा तीन जिल्लालाई जोड्ने गरी एउटा मात्रै पिलरले धान्ने पुल निर्माण गर्न लागिएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरनबाबु घिमिरेले बताए। त्रिकोणात्मक आकर्षक ढङ्गबाट पुलको डिजाइन भइरहेकाले त्यसलाई नै हेर्नका लागि पनि यहाँ पर्यटक आउने क्षेत्र विकास समितिले विश्वास लिएको छ।

https://ujyaalonepalnews.com/archives/17836

Previous articleभैरहवामा उडानका लागि पाँच वायुसेवा कम्पनी सम्पर्कमा
Next articleस्थानीय तह निर्वाचनः एक लाख म्यादी प्रहरी भर्ना खुल्यो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।