काठमाडौँ- काभ्रेमा मादक पदार्थ सेवन गरी बाबुले आफ्नै पाँच महिने छोरीलाई भुईँमा पछार्दा बालिकाको ज्यान गएको छ। जिल्लाको धुलिखेल नगरपालिका-१२ शङखुपार्टीचौर बस्ने वर्ष ३५ को प्रदीप श्रेष्ठले बुधवार राति मादक पदार्थ सेवन गरी आफ्नै छोरी ५ महिनाकी ऐन्जल श्रेष्ठलाई भुईँमा पछार्दा बालिकाको ज्यान गएको हो ।
बाबुले भुईमा पछारेपछी घाईते भएकी बालिकाको शिरमेमोरीयल अस्पताल बनेपामा ज्यान गएको प्रहरीले बताएको छ । अस्पताल लैजाँदा बालिकाको कानबाट रगत बगेकोमा राति ९:३० बजे डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ। बालिकाको बाबु प्रदीप श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सिन्धुपाल्चोकमा आमाको खुकुरी प्रहार बाट छोरा घाइते
काठमाडौँ- सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गा.पा.वडा नं. ५ सुर्यकोटडुडेमा आमाले खुकुरी प्रहार गर्दा छोरा घाइते भएका छन्। गत २० गते राति १० बजेतिर मदिरा सेवन गरी स्थानीय चन्द्र कुमारी भुजेलले आफ्नै छोरा वर्ष ४५ को रमेश भन्ने अम्बरबहादुर भुजेललाई सुतिरहेको अवस्थामा खुकुरीले प्रहार गरी घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।
घाइतेको दुवै आँखा माथि,देब्रे हात,अनुहार र दाहिने कान माथि चोट लागेको छ भने प्राथमिक अस्पताल नवलपुरमा प्रारम्भिक उपचार गरी काठमाडौँ ल्याइएको छ। अहिले उनको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले चन्द्र कुमारी भुजेललाई नियन्त्रणमा लिएको छ ।
https://ujyaalonepalnews.com/archives/25259


