नेकपाको केन्द्रीय कमिटी बैठक आज

काठमाडौं, १५ माघ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक आज सुरु हुँदैछ ।

राष्ट्रियसभा गृहमा बिहान ११ बजेबाट बैठक सुरु हुने नेकपाले जनाएको छ ।

बैठकलाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।

सम्बोधनका क्रममा ओलीले विभिन्न गुनासा र सरकारको कामका विषयमा पनि बोल्ने छन् ।

सचिवालयले केन्द्रीय कमिटी बैठकको एजेण्डा पनि तय गरेको छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुबै अध्यक्षको तर्फबाट राजनीतिक प्रतिवेदन पेश गर्नेछन् ।

महासचिव विष्णु पौडेलले सांगठनिक तथा विधान संशोधन प्रस्ताव पेश गर्नेछन् ।

यस्तै सातै प्रदेशका अध्यक्षहरुले रिर्पोटिङ गर्ने कार्यक्रम पनि छ ।

The post नेकपाको केन्द्रीय कमिटी बैठक आज appeared first on Koshi Online.

नेकपा केन्द्रीय कमिटीका निर्णय आँखामा छारो, कार्यकर्ता अल्मलाउने ओली–प्रचण्डको जुक्ति

Previous articleबुधबार र बिहीबार व्यापक वर्षा/हिमपातको सम्भावना
Next articleआगामी ३ दिनसम्म वर्ष र हिमपात हुने, यस्तो छ पूर्वानुमान !
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।