बीरगंज । पर्सा प्रहरीले ६० लाख मूल्य भन्दा बढीको भन्सार छली भारतबाट भित्र्याइएको चकलेट तथा पाचक लोड गरिएको कन्टेनर नियन्त्रणमा लिएको छ ।
प्रज्ञापन पत्रमा कम मूल्याङ्कन गरी भन्सार छलेर चकलेट तथा पाचक लगायतका माल वस्तुहरू वीरगञ्ज स्थित हनुमान सप्लायर्सले भित्र्याई भण्डारण गर्न लागेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मङ्गलवार साँझ वीरगन्ज महानगरपालिका वडा नम्बर १७ आईसिपी स्थित सडक खण्डबाट एनएल ०१ एल ६५४८ नम्बरको भारतीय कन्टेनरलाई रोकेर चेकजाँच गर्दा प्रज्ञापन पत्रमा उल्लेख गरिए भन्दा ठूलो परिणाममा राजस्व छलिएको चकलेट र पाचक फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी ओम प्रकाश खनालले बताउनुभयो ।

नियन्त्रणमा लिएको चकलेट र पाचक सहितको कन्टेनरको ६० लाख मूल्याङ्कन गरी थप कारबाहीका लागि आज राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको डिएसपी खनालले बताउनुभयो ।
https://ujyaalonepalnews.com/archives/17877


