चितवन, चैत्र ७ । नेपाली काँग्रेस रत्ननगर नगर समितिको कार्यालय उद्घाटन गरिएको छ ।
युग पुरुष नेपाली काँग्रेसका पूर्व सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १२औं स्मृति दिबसको अबसरमा कार्यालय उद्घाटन गरिएको हो । कार्यालयको उद्घाटन गर्दै जिल्ला सभापति राजेश्वर खनालले जिल्लामा काँग्रेसको हैसियत गिर्ने गरी चुनाबी गठबन्धन नगर्ने बताएका छन् ।
पार्टीका मतदाता र शक्तिमा आधारित रहेर सम्मानजनक गठबन्धनमा सहमति भए गठबन्धन गर्न सकिने उनको भनाई छ । चितवनमा निर्वाचन केन्द्रीत गठबन्धन गर्न अन्य दलहरुले काँग्रेसको शक्ति पहिचान गरी सहमतिमा आए स्विकार्ने बताए । काँग्रेस पुस्तान्तरण र रुपान्तरणको चरणमा रहेको भन्दै जिल्लामा काँग्रेसलाई बलियो बनाउन सबै तहका नेता,कार्याकर्तालाई सम्मानजनक जिम्मेवारी प्रदान गर्ने बताए । उनले महिलाहरुको सहभागिता सम्मानजनक बनाउने बताए । कार्यक्रममा पूर्व शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले स्थानीय तहको निर्वाचन काँग्रेसले जित्नु पर्ने अबस्था रहेकाले सोही अनुसार लाग्न कार्यकर्तालाई आग्रह गरे ।
काँग्रेस हार्यो भने देशले हार्छ उनले भने देशलाई जिताउन पनि काँग्रेसले निर्वाचन जित्नै पर्छ । नगर सभापति प्रल्हाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व राज्यमन्त्री सावित्री बोगटी,जिल्ला सचिव सुर्य अर्याल,महाधिवेशन प्रतिनिधिहरु प्रा।डा।तीर्थ खनिया,राजेन्द्र बुर्लाकोटी,उत्तम आचार्य,गीता देवकोटा,दिवाकर अर्याल, प्रदेश (ख) का सभापति गोविन्द गौतम, रत्ननगर वडा नं २ का वडाअध्यक्ष तिलकराज शर्मा,वडा सभापति केशबनारायण श्रेष्ठ,प्रदेश प्रतिनिधि बद्रि मुडबरी,प्रदेश समिति सदस्य महेशप्रसाद रौनियार,काँग्रेस नेता रामहरी न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।
नगर सचिव तीर्थराज सुवेदीले सञ्चालन गरेको कार्यक्रममा उपसभापति कमलनाथ अधिकारीले स्वागत मन्तव्य राखेका थिए ।
https://ujyaalonepalnews.com/archives/17991


