४४ जनामा कोरोना सङ्क्रमण, एकको मृत्यु

काठमाडौं- पछिल्लो २४ घण्टामा ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चार हजार ४९५ जनाको पीसीआर परीक्षण गर्दा ३५ जनामा सङ्क्रमण पुष्टि भएको हो । दुई हजार ९९ जनाको एन्टिजेन परीक्षण गर्दा नौ जनामा सङ्क्रमण देखिएको छ ।

२४ घण्टामा ४८१ जना सङ्क्रमण मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा एक जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

योसँगै सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ ।

अहिले देशभर २६ हजार ६८८ जना सक्रिय सङ्क्रमित छन् ।

२४ घण्टामा ७३ हजार ६४२ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/18025

Previous articleसबै सामुदायिक विद्यालयमा शुद्ध र स्वच्छ खानेपानीको व्यवस्था गर्न सरकार प्रतिबद्ध छ : मन्त्री चौधरी
Next articleएक महिने तालिमसँगै अल्लोको कपडा बनाउँदै महिलाहरू
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।