रोल्पा । रोल्पाको लिवाङमा एक महिने तालिमपछि महिलाहरू अल्लोका कपडा बनाउन थालेका छन् ।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेडपा र रोल्पा नगरपालिकाको संयुक्त आयोजनामा एक महिने तालिम दिइएको हो ।

नगर प्रमुख पूर्ण केसीको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा सहभागीहरूले उत्पादन गरेका अल्लोका टोपी र झोला नगर प्रमुख के.सी सहित अन्य कर्मचारीहरूलाई उपहार स्वरूप प्रदान गरिएको थियो ।

कार्यक्रममा नगर प्रमुख केसीले आय आर्जनका लागि रोल्पा नगरपालिकाले विभिन्न प्रकारको सीप प्रदान गरेको बताउँदै आत्मनिर्भर बनेर दिगो रुपमा उद्यमी बन्न सहभागीहरूलाई सुझाव दिनुभयो ।
सहभागीहरूले स्वरोजगारीका लागी टोपी तथा झोला उत्पादनलाई निरन्तरता दिने बताएका छन् ।
https://ujyaalonepalnews.com/archives/18026


