
बेलायती समाचार संस्था बीबीसीले खर्च जोगाउन ४ सय ५० रोजगारी कटौती गर्ने भएको छ।
बजेटबाट सन् २०२२ सम्म ८ करोड पाउन्ड बचत गर्न भन्दै बीबीसीले सामग्री उत्पादन पनि कम गर्ने भएको हो।
बीबीसी न्युजकी निर्देशक फ्रान अन्स्वर्थले परम्परागत प्रसारणबाट डिजिटलतर्फ लगिने बताइन्।
बीबीसले हाल ६ हजारलाई रोजगारी दिएको छ। जसमध्ये १ हजार ७ सय बेलायतबाहिर छन्।

कटौतीपछि बीबीसीको वार्षिक बजेट ४८ करोड पाउन्डको हाराहारी रहनेछ। एजेन्सी
