खर्च जोगाउन बीबीसीले ४५० रोजगार कटौती गर्ने

Click Image

बेलायती समाचार संस्था बीबीसीले खर्च जोगाउन ४ सय ५० रोजगारी कटौती गर्ने भएको छ।

बजेटबाट सन् २०२२ सम्म ८ करोड पाउन्ड बचत गर्न भन्दै बीबीसीले सामग्री उत्पादन पनि कम गर्ने भएको हो।

बीबीसी न्युजकी निर्देशक फ्रान अन्स्वर्थले परम्परागत प्रसारणबाट डिजिटलतर्फ लगिने बताइन्।

बीबीसले हाल ६ हजारलाई रोजगारी दिएको छ। जसमध्ये १ हजार ७ सय बेलायतबाहिर छन्।

कटौतीपछि बीबीसीको वार्षिक बजेट ४८ करोड पाउन्डको हाराहारी रहनेछ। एजेन्सी

स्याङ्जामा मेला, महोत्सव र सम्मेलनमा रोक

Previous article‘म मेरो राष्ट्र बनाउँछु मात्र एक रुपैयाँले’
Next articleबंगलादेशी नागरिकको एक साता अघि काठमाडौंमा हत्या भएको खुलासा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।