Home Uncategorized रत्ननगरमा एड्वानले सुरु गर्यो सबै प्रकारका हिंसा तथा मदिरा न्यूनीकरण परियोजना

रत्ननगरमा एड्वानले सुरु गर्यो सबै प्रकारका हिंसा तथा मदिरा न्यूनीकरण परियोजना

१४ चैत्र, सोमबार रत्ननगर । नेपाल दलित महिला उत्थान संघ (एड्वान) ले आज रत्ननगरमा एक कार्यक्रम गरि सवै प्रकारका हिंसा तथा मदिरा न्यूनीकरण परियोजनाको शुभारम्भ गरेको छ । एड्वानले ग्रामिण स्तरका जनता हरुमा अधिकार, शिक्षा, वकालत तथा जीविकोपार्जन लगाएतको क्षेत्रमा काम गर्दै आईरहेको छ ।

रत्ननगर नगरपालिकाको ९, १०, ११, १२, १३, १५ र १६ नम्वरका वडामा परियोजना सुरु गर्न लागिएको हो । विपन्न वर्गले भरिएको समाजमा अत्याधिक मदिरा सेवन हुने र त्यहि स्थानहरुमा अत्याधिक महिला हिंसा हुने गरेको भन्दै विशेष गरि दलित वस्ती तथा विपन्न वर्ग भएको समुदायमा लक्षित रहदै एड्वानले कार्यक्रम सुरु गरेको एड्वानको संस्थापक अध्यक्ष डा. विष्णुमाया परियारले बताउनुभयो । २७ वर्ष अघि यो संस्था स्थापना गर्नुपरेको क्षण सम्झिदै परियारले थप्नुभयो त्यो बेलाको जातिय विभेद हुने समाज र समाजका पात्रहरु जसले धारामा होस् चाहे मन्दिरमा अथवा अन्य सार्वजनिक स्थानहरुमा मानिस मानिस विच विभेद गरिरहन्थे, आफ्नो पढाई पुरा भए पश्चात समाजको सकारात्मक परिवर्तनका लागी १०० जना महिला हरु बाट एड्वानको स्थापना भएको हो । हाल ६० हजार जना एड्वानमा आवद्ध रहेको बताउदै परियारले आवाज विहिनको आवाज बन्ने प्रयत्न सधै रहने थप्नुभयो ।

सहभागीहरुलाई एड्वानको कार्यनीति तथा यसले गरेका कार्यहरु भिजुवल माध्यम बाट देखाउदै प्रस्तुतीकरण गरिएको थियो एड्वानको कार्यकारी निर्देशक कमल बहादुर परियारले सहजीकरण गर्नुभएको उक्त प्रस्तुति मार्फत हाल एड्वानले कुन कुन स्थानमा कार्य गरेको छ, कुन जिल्लामा जाने तयारि छ साथै एड्वानको प्रगति विवरण लगाएतका कुरा सो प्रस्तुतीकरणमा समेटिएको थियो ।

कार्यक्रममा बोल्दै एड्वानको महासचिव विन्दु परियारले आफ्नो संस्थाले बाग्लुङ्ग जिल्लामा संचालन गरेको कार्यक्रमको सफलताले आज पनि उर्जा थपेको बताउनुभयो, कार्यक्रमले समाज परिवर्तन गरेको भन्दै त्यहाको नगरपालिकाले एड्वानका स्थानिय श्रोत व्यक्तिहरुलाई एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको स्मरण गर्दै रत्ननगरमा पनि कार्यक्रमले सफलता प्राप्त गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएको रत्ननगर नगरपालिकाको उप प्रमुख विमला देवी दुवाडिले दलित समुदायले आफ्नो हक अधिकार लडेर लिनुपर्नेमा जोड दिनुभएको थियो , समुदायको लागी लागिपर्ने व्यक्तिलाई आगामी निर्वाचनमा प्रतिनिधि चुन्न उहाले आग्रह गर्नुभयो । समूह बनाएर नगरपालिका आएमा नगरपालिकाको बाझो जमिन लाई खेतीका लागि उपलव्ध गराउने प्रतिबद्धता समेत उहाले गर्नुभयो ।

कार्यक्रममा ४ जना विपन्न विद्यार्थी अस्मिता कुमाल,अस्मिता तामांग,संजिता विक र रोसनी कुमाललाई जनही २० हजार छात्रवृत्ति स्वरुप नगद हस्तान्तरण गरिएको थियो ।

संस्थाको सचिव तिर्थ विकले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा एड्वानको सल्लाहाकार तथा समता फाउन्डेसनका अध्यक्ष प्रदिप परियार, अन्नपुर्ण पोस्टका सम्पादक अखण्ड भण्डारी, रत्ननगर १२ सदस्य निर्मला खड्का, रा स सका प्रतिनिधि सुशील दर्नाल, खसोखासका प्रधान सम्पादक किसोर पन्थी, चाईना बाट आउनुभएकी १६ बर्षिय एम्ली , इलाका प्रहरी कार्यालय टांडीका प्रमुख इन्द्र राना, महिला हरुको प्रतिनिधित्व गर्दै सुन्तली गुरुङ, रत्ननगर नगरपालिकाको महिला विकास अधिकृत दिपा घिमिरे, एड्वानका धिरज खनाल लगाएतले बोल्नुभएको कार्यक्रम संस्थाको अध्यक्ष पम्फा परियारको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

https://ujyaalonepalnews.com/archives/18168

Previous articleअबको केही दिन मौसम बदली
Next articleरत्ननगर अस्पतालमा मातृशिशु अस्पताल बन्दै, मेयर वनले गरे उद्घाटन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।