Home Uncategorized रत्ननगर अस्पतालमा मातृशिशु अस्पताल बन्दै, मेयर वनले गरे उद्घाटन

रत्ननगर अस्पतालमा मातृशिशु अस्पताल बन्दै, मेयर वनले गरे उद्घाटन

चितवनको रत्ननगरमा मातृशिशु अस्पताल निर्माणका लागि मेयर नारायण वनले सोमबार शिलान्यास गरेका छन् । आमा र बच्चाको सुरक्षाको लागि रत्ननगर अस्पतालको परिसरमा निर्माण गर्न लागिएको अबस्पताल भवनको उनले शिलान्यास गरेका हुन ।

प्रदेश सरकार र रत्ननगर नगरपालिकाको सयुक्त लगानीमा अस्पतालको भवन निर्माण हुनेछ । रत्ननगर अस्पतालको परिसरमा ९ करोड ५८ लाखको लगानी अस्पतालको भवन निर्माण गर्न लागिएको हो । गर्भवती महिला र उनीबाट जन्मिएको बच्चाको सुरक्षाको लागि छुट्टै अस्पतालको रुपमा मातृशिशु अस्पताल सञ्चालन गर्न लागिएको मेयर वनले बताए । पछिल्लो पाँच बर्षे कार्यकालमा मातृशिशु अस्पताल निर्माण सुरु गरेर आफु विदा हुन लागेको भन्दै मेयर वनले जादाजादै नगरबासीहरुलाई सुन्दर उपहारका रुपमा अस्पताल निर्माण सुरु गरेको बताए । रत्ननगर अस्पतालको परिसारमा निर्माण हुने सो अस्पताल छुट्टै अस्पताल हो ।

पाँच तले सो भवन २०८० सम्म निर्माण सम्पन्न गरेर अस्पताल सञ्चालन गर्ने योजना रहेको छ । अस्पतालमा आमा र बच्चाको लागि आइसीयु,सुत्केरी कक्ष,जनरल वार्ड तथा विशेषज्ञ डाक्टरहरुबाट सेवा प्रदान गरिने छ । यो छुट्टै अस्थित्वमा सञ्चालन हुने अस्पताल हो उनले भने यस प्रकारको अस्पताल नेपालमै छैन् । विर अस्पतालमा ब्लक छ्ट्याएर आमा र बच्चाको उपचार गरिदै आएको भएपनि आमा र बच्चाको मात्र उपचार हुने नेपालमै यो पहिलो अस्पताल हो । अस्पताल १०० बेडको हुने छ । सो अबस्पतालमा चितवन सहित देशभरीबाट आउने गर्भबती महिला र शिशुको उपचार हुने छ । अस्पताल सञ्चालन भएपछि गर्भवती गराउन भरतपुर जानु पर्ने बाध्यताको अन्त्य हुने छ ।

कार्यक्रममा उपमेयर विमला दुवाडीले रत्ननगरका १६ वटै वडामा स्वास्थ्यचौकी सञ्चालन,रत्ननगर अस्पतालको स्तरउन्नतीपछि मातृशिशु अस्पताल सञ्चालन गर्न लागिएको बताइन । बेड अभाब भएर चितवनमा भूईमा बसेर सुत्केरी गराउनु पर्ने बाध्यकारी अबस्थाका अन्त्य गर्न सो अस्पताल निर्माण सुरु गरिएको उनको भनाई छ । प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले अस्पतालको भवन निर्माणको लागि चालु आर्थिक बर्षमा प्रदेश सरकारको डेढ करोड र नगरपालिकाको डेढ करोड गरी तीन करोडको लगानीमा निर्माण सुरु गरेको जानकारी दिए ।

बहुबर्षीय योजनाको रुपमा रहेको सो अस्पताल २०८० साल भित्र सञ्चालनमा ल्याउने योजना रहेको उनको भनाई छ । रत्ननगर अस्पतालका मेसु डा.विश्वबन्धु बगालेले तत्कालका लागि ५० बेडको हुने सो अस्पताल त्यसको केही समय पछि १०० बेडमा सञ्चालन हुने बताए । रत्ननगर अस्पताल हाल ५० बेड क्षमताको रहेको छ । अस्पताल विकास समितिको तर्फबाट ५० बेड थप गरी १०० बेडको बनाउने योजना रहेको छ । रत्ननगर अस्पताल १०० बेड र मातृशिशु अस्पताल १०० बेड गरी २०० बेडको अञ्चल स्तरीय अस्पतालको रुपमा विकास गर्न सकिने मेसु बगालले बताए ।

अस्पताल विकास समितिका अध्यक्ष गोपालराज कर्माचार्यको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं २ का वडाध्यक्ष तिकलराज शर्मा,नेपाली काँग्रेसका नगर सहसचिव रामचन्द्र पौडेल,शान्ति मेड नेपालकी अध्यक्ष डा.रुथ गोन्सेथ लगायतले मन्तव्य राखेका थिए ।

https://ujyaalonepalnews.com/archives/18171

Previous articleरत्ननगरमा एड्वानले सुरु गर्यो सबै प्रकारका हिंसा तथा मदिरा न्यूनीकरण परियोजना
Next articleस्थानिय निर्वाचन २०७९: यस्तो छ रत्ननगर १५ को चुनावी हिसाबकिताब
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।