भरतपुरको चौबिसकोठीमा फहराइयो ६५ फिटको राष्ट्रिय झण्डा

0
30

भरतपुरको चौबिसकोठीमा फहराइयो ६५ फिटको राष्ट्रिय झण्डा

चितवन, १७ माघ । चितवनको मुख्य चोक भरतपुर महानगरपालिका–१० स्थित चौबीसकोठीमा ६५ फिट अग्लो डण्डीमा झण्डा फहराइएको छ । शहीद दिवसको अवसर पारेर यहाँका सामाजिक संस्थाले झण्डा फहराएका हुन् । हेल्प फर ह्यापिनेस संस्थाको आयोजना तथा रोटरी क्लब अफ मिड टाउन र रोट्यार्‍क्ट क्लब अफ मिड टाउनको सहआयोजनामा चोकको बीचभागमा रहेको आइल्याडमा झण्डोत्तोलन गरिएको हो ।

कार्यक्रममा भरतपुर महानगरपालिका–१० का अध्यक्ष अरुणपीडित भण्डारीले झण्डोत्तलन गर्दै युवाले आइल्यान्ड संरक्षण गरेकामा धन्यवाद व्यक्त गरे । हेल्प फर ह्यापिनेस संस्थाका अध्यक्ष नवीन तिवारीले भरतपुरको मुख्य स्थल चौबिसकोठीमा राष्ट्रिय झण्डा फहराउँदा सकारात्मक सन्देश जाने बताए ।

उनले आइल्याण्डको सरसफाइ र सुन्दरताको काम गर्दै आएको र आगामी दिनमा पनि गर्ने बताए । पूर्वपश्चिम राजमार्गमा पर्ने सो चोकबाट पश्चिम चितवन र वाइपास सडकतर्फ जाने सडक जोडिएका छन् । सो ठाउँमा गोलो आइल्याण्ड बनाएर पानीका फोहोरा, स्तम्भ र बगैंचा बनाइएको छ ।

छठपर्वको तयारी पूरा, आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइदै

Previous articleनेपाली सेनाको युद्धमा परिचालन हुने बख्तरबन्द गाडी भोली सडकमा निस्कने; काठमाडौँमा चक्रपथ परिक्रमा गर्ने
Next articleअन्जु पन्तका ब्वाईफ्रेण्डले सार्वजनिक गरे यस्तो तस्बिर; भन्छन् ‘चाडै नै एक हुने तयारीमा छौं’