रूसी ग्यास कटौती तत्काल असम्भव : जर्मनी

लक्जेम्बर्ग। मस्कोले यूक्रेनमाथि गरेको आक्रमणको विरोधमा यूरोपले रूसी ग्यास आयातमा कटौती गर्नु प्रत्युत्पादक हुने बताउनुभएको छ ।

जर्मनीका वित्त मन्त्री क्रिश्चियन लिन्डनरले सोमबार मस्कोले यूक्रेनमाथि गरेको आक्रमणविरुद्ध स्वीकृतिका रुपमा रूसी ग्यास आयातमा कटौती गर्न ईयूले अहिलेसम्म सम्भव नभएको बताउनुभएको हो ।

इन्धन कटौतीले रूसमा मात्रभन्दा पनि यसले बढी हानि यूरोपलाई गर्ने भएकाले यो सम्भव नभएको उहाँले बताउनुभयो ।

लक्जेमबर्गमा आफ्ना युरोजोन समकक्षहरूसँग वार्ताका लागि आउनुभएका लिन्डनरले भन्नुभयो, “हामीले रुससँग सबै आर्थिक सम्बन्ध कटौती गर्नुपर्छ । तर, अहिले ग्यास आपूर्ति कटौती गर्न सम्भव छैन ।” उहाँले भन्नुभयो, “यसका लागि हामीलाई थप केही समय चाहिन्छ ।”एएफपी

https://ujyaalonepalnews.com/archives/18361

Previous articleफिफा विश्वकप फुटबल २०२२ को खेल तालिका सार्वजनिक
Next articleटाँडी नजिकै बन्यो सांस्कृतिक ग्राम, होमस्टे पनि संचालन हुने; मेयर वनले गरे उद्घाटन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।