काठमाडौंमा टिपर दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौँ- काठमाडौँको नाङ्गेबजारमा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

शङ्खरापुर नगरपालिका–१ नाङ्लेबजारमा बा४ख ६३७९ नं को टिपर दुर्घटना हुँदा धादिङको थाँक्रे गाउँपालिका–७ का २० वर्षीय किरण बाँस्कोटाको गएराति मृत्यु भएको हो ।

टिपर सडकबाट १०० मिटर तल खसेको र टिपरले नै किचेर बाँस्कोटाको मृत्यु भएको प्रहरीले जनाएको छ । बाँस्कोटा टिपरका सहचालक हुन् ।

https://ujyaalonepalnews.com/archives/18604

Previous articleभूमिमन्त्री श्रेष्ठद्वारा भूमिहीन दलितलाई लालपुर्जा
Next articleसुर्खेतमा भूमिहीनलाई लालपुर्जा वितरण सुरु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।