टयाक्सीमा हराएको नोकिया-८ फोन यात्रुलाई जिम्मा

ट्राफिक प्रहरीको सक्रियतामा ट्याक्सीमा हराएको मोबाइल फोन फेला परेको छ।

ललितपुको बगडोलदेखी नख्खिबोट सम्म जाँदा बा१ज ४२१७ नंबरको टयाक्सीमा पार्बती खड्काको नोकिया ८ फोन छुटेको थियो। उनले दिएको निवेदन अनुसार ट्राफिक प्रहरी महाशाखाको खोजतलास शाखाले सीसीटीभीको माध्यमबाट टयाक्सी चालकलाई खोजतलास गरी अनुसन्धान गर्दा सो फोन फेला परेको थियो।

महानगरीय ट्राफिक प्रहरी महाशाखामा बिहीबार सो मोबाइल सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ।

दुई वर्षपछि नदीजन्य उत्खनन् गर्न अनुमति

Previous article‘मेरो घरको ख्याल राख्नु’ भन्दै पेस्तोल बोकेर प्रदर्शनकारीमाथि जाइ लागे रामभक्त
Next article‘ए’ डिभिजनमा एनआरटी चौथो स्थानमा उक्लियो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।